अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक गर्दै अख्तियार, को को परे ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरू सार्वजनिक हुनेछन् उनले भने ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मङ्गलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उहाँले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रमुख आयुक्त घिमिरेले भने, “राजनीतिक आवरणमै ठूला प्रकृतिका भ्रष्टाचार हुने गरेको छ, यसप्रति सबै सचेत नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो छ । ” अख्तियारमा परेका उजुरीको प्रकृति हेर्दा अब कारागारका कोठा खाली गर्नुपर्ने अवस्था आएको उनले बताए ।

निर्वाचनका बेला उम्मेदवारले कहाँबाट पैसा जुटाउँछन् भन्ने विषय अहिले अनुसन्धानको विषय भएको छ भन्दै उनले अहिले वडाध्यक्षको निर्वाचनका लागि २० देखि ३० लाख र गाउँपालिका अध्यक्ष र नगरपालिकाको प्रमुखको निर्वाचनमा एक करोड रुपियाँसम्म खर्च हुने गरेको उजुरी आयोगमा पर्ने गरेको जानकारी उनले दिए । नेपालमा शक्तिको आडमा हुनेले भ्रष्टाचार गर्ने गरेको चर्चा गर्दै घिमिरले भ्रष्टाचारप्रति सञ्चारजगत् र नागरिक समाजको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

महालेखा परीक्षक टङ्कमणि शर्माले भ्रष्टाचार नियन्त्रणमा आफूले हिजो पनि खुट्टा नकमाएको र भोलि पनि खुट्टा नकमाउने बताए । राजनीतिक दलका नेता र कार्यकर्ताको गलत प्रवृत्तिका कारण नेपालमा भ्रष्टाचार हुने गरेको चर्चा गर्दै उनले हाम्रा संस्कार र व्यवहार परिवर्तन नगरेसम्म भ्रष्टाचार नियन्त्रण नहुने जिकिर गरे ।

राजनीतिक दलहरूको पार्टी सञ्चालन गर्ने आर्थिक स्रोत कहाँबाट जुट्छ भन्ने विषय महत्वपूर्ण भएको भन्दै यस विषयमा नागरिक समाजले सधैँ खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले नेपालमा नीतिनिर्माता, व्यापारी र ठेकेदारबीचको दूरी नजिक हुँदा भ्रष्टाचार मौलाउँदै गएको बताए । उनले भने, “राम्रो काम गर्ने हो भने यो सरकारले इतिहास रच्ने बेला छ, त्यसतर्फ सरकारको ध्यान जानुपर्छ । ” (गाेरखापत्रबाट)

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको