अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक गर्दै अख्तियार, को को परे ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरू सार्वजनिक हुनेछन् उनले भने ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मङ्गलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उहाँले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रमुख आयुक्त घिमिरेले भने, “राजनीतिक आवरणमै ठूला प्रकृतिका भ्रष्टाचार हुने गरेको छ, यसप्रति सबै सचेत नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो छ । ” अख्तियारमा परेका उजुरीको प्रकृति हेर्दा अब कारागारका कोठा खाली गर्नुपर्ने अवस्था आएको उनले बताए ।

निर्वाचनका बेला उम्मेदवारले कहाँबाट पैसा जुटाउँछन् भन्ने विषय अहिले अनुसन्धानको विषय भएको छ भन्दै उनले अहिले वडाध्यक्षको निर्वाचनका लागि २० देखि ३० लाख र गाउँपालिका अध्यक्ष र नगरपालिकाको प्रमुखको निर्वाचनमा एक करोड रुपियाँसम्म खर्च हुने गरेको उजुरी आयोगमा पर्ने गरेको जानकारी उनले दिए । नेपालमा शक्तिको आडमा हुनेले भ्रष्टाचार गर्ने गरेको चर्चा गर्दै घिमिरले भ्रष्टाचारप्रति सञ्चारजगत् र नागरिक समाजको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

महालेखा परीक्षक टङ्कमणि शर्माले भ्रष्टाचार नियन्त्रणमा आफूले हिजो पनि खुट्टा नकमाएको र भोलि पनि खुट्टा नकमाउने बताए । राजनीतिक दलका नेता र कार्यकर्ताको गलत प्रवृत्तिका कारण नेपालमा भ्रष्टाचार हुने गरेको चर्चा गर्दै उनले हाम्रा संस्कार र व्यवहार परिवर्तन नगरेसम्म भ्रष्टाचार नियन्त्रण नहुने जिकिर गरे ।

राजनीतिक दलहरूको पार्टी सञ्चालन गर्ने आर्थिक स्रोत कहाँबाट जुट्छ भन्ने विषय महत्वपूर्ण भएको भन्दै यस विषयमा नागरिक समाजले सधैँ खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले नेपालमा नीतिनिर्माता, व्यापारी र ठेकेदारबीचको दूरी नजिक हुँदा भ्रष्टाचार मौलाउँदै गएको बताए । उनले भने, “राम्रो काम गर्ने हो भने यो सरकारले इतिहास रच्ने बेला छ, त्यसतर्फ सरकारको ध्यान जानुपर्छ । ” (गाेरखापत्रबाट)

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको