काठमाडौं – पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बन्न अस्वीकार गरेका छन् ।

केही समयदेखि रिक्त रहेको आयोग अध्यक्षमा सरकारले श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरे पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गर्ने कुनै पनि नियुक्ति अस्वीकार गर्ने घोषणा श्रेष्ठले गरेका हुन् ।

प्रधानमन्त्री ओलीले तीन महिनाअघि नेपाल बार एसोसिएसनको अधिवेशन हुँदा आफूलाई अध्यक्षमा अयोग्य देखेको गुनासो गर्दै श्रेष्ठले भने, ‘मलाई बारको अध्यक्षमा अयोग्य देख्ने ओलीले दिएको राजनीतिक नियुक्ति चाहिँदैन । आयोगको अध्यक्षमा मेरो नाम प्रस्ताव गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।’

आफूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सर्वोच्चको न्यायाधीश बन्न प्रस्ताव गर्दा अस्वीकार गरेको उल्लेख गर्दै श्रेष्ठले आयोगको अध्यक्ष बन्न कुनै पनि हालतमा नजाने बताए । –नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here