काठमाडौं – मनसुनको न्यून चापिय रेखा पूर्वी भूभाग औसत स्थानको आसपासमा तथा पश्चिमी भूभाग औसत स्थान भन्दा केहि उत्तर तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै भारतको बिहार र उत्तर प्रदेश आसपासमा एउटा न्युन चापिय प्रणाली अवस्थित छ ।
हाल देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनुका साथै मध्य तथा पूर्वी भुभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। देशको पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षा भईरहेको छ ।
आजको मौसम
आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पूर्वका केही स्थानमा साथै पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।