रवि लामिछानेले यस्तोसम्म गरेका छन् भन्दै गर्जिए किशोर श्रेष्ठ (भिडियोसहित)

काठमाडौं – प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले रवि लामिछानेका कर्तुतहरु छताछुल्ल पारेका छन् । उनले ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छनमा रविका कर्तुतहरु सार्वजनिक गरेका हुन् ।

श्रेष्ठले रवि लामिछानेलाई नेपालमा आएर गैर कानुनी रुपमा चार बर्ष पत्रकारिता गरेको बताएका छन् । प्राईम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छमा उनले रवि लामिछानेले विदेशी नागरिक भएपनि गैरकानुनी रुपमा अध्यागमन विभाग, श्रम मन्त्रालय तथा संचार मन्त्रालयको बिना स्वीकृति ४ बर्ष काम गरेको बताए । त्यस्तै उनले रवि संकटको बेला देशको नागरिताको धज्जी उडाउँदै हिडेको सिमेत दावी गरे ।

अध्यक्ष श्रेष्ठले भने, रवि संकटका बेला देश छोडेर हिड्ने, नेपाली नागरिताको धज्जी उडाउने, अमेरिकामा छोरीहरुको बिचल्ली पार्ने, महिलाहरुको बिहे गरेर बिचल्ली पार्ने तर नेपाल फर्किएपछि सबै फटाहा, सबै गलत भन्दै हिड्ने, पुलिस पनि खतम, अदालत खतम, नेताहरु खतम आफु मात्रै ठीक भन्दै पुलिको काम पनि आफै, नेताको काम पनि आफै र अदालतको काम पनि रवि आफैले गर्न खोजेको आरोप लगाए ।

त्यस्तै सालिकराम पुडाशैनी हत्या प्रकरणमा त्यसको छानबिन अदालत र प्रहरीले गर्ने भएकाले भीड रविको पक्षमा हुँदैमा रवि लामिछानेलाई निर्दोश भन्न नमिल्ने अध्यक्ष श्रेष्ठले दाबी गरे । उनले भने, हिजो रविले चितवनको तिलक गैरे, शंकरापूर कलेज बाट मोटो रकम असुलेका बताए । हिजो भीडको डरले केही बोल्न नसेकेकाहरु आज रविको ज्यादती बिरुद्ध बोल्न थालेको समेत बताए । रविमा समान्य संवेदना समेत नभएको उनले बताए ।

हिजो सालिकराम पुडाशैनी रविको सहयात्री थियो तर उ झुण्डिएर मर्दा रवि चितवन गएनन्, टिभी स्टुडियोबाट नजिक्कै रहेको टिचिङमा समेत नगएको बताए । रवि लामिछानेले थुप्रे गल्ती गर्दै गएको समेत बताए । तर उनी त्यही भीडको आडमा नेपालको कानुनभन्दा माथि छु भन्दै दादागिरी गर्दे हिडेको बताए ।

हेर्नुहोस् भिडियो 

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको