रवि लामिछानेले यस्तोसम्म गरेका छन् भन्दै गर्जिए किशोर श्रेष्ठ (भिडियोसहित)

काठमाडौं – प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले रवि लामिछानेका कर्तुतहरु छताछुल्ल पारेका छन् । उनले ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छनमा रविका कर्तुतहरु सार्वजनिक गरेका हुन् ।

श्रेष्ठले रवि लामिछानेलाई नेपालमा आएर गैर कानुनी रुपमा चार बर्ष पत्रकारिता गरेको बताएका छन् । प्राईम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छमा उनले रवि लामिछानेले विदेशी नागरिक भएपनि गैरकानुनी रुपमा अध्यागमन विभाग, श्रम मन्त्रालय तथा संचार मन्त्रालयको बिना स्वीकृति ४ बर्ष काम गरेको बताए । त्यस्तै उनले रवि संकटको बेला देशको नागरिताको धज्जी उडाउँदै हिडेको सिमेत दावी गरे ।

अध्यक्ष श्रेष्ठले भने, रवि संकटका बेला देश छोडेर हिड्ने, नेपाली नागरिताको धज्जी उडाउने, अमेरिकामा छोरीहरुको बिचल्ली पार्ने, महिलाहरुको बिहे गरेर बिचल्ली पार्ने तर नेपाल फर्किएपछि सबै फटाहा, सबै गलत भन्दै हिड्ने, पुलिस पनि खतम, अदालत खतम, नेताहरु खतम आफु मात्रै ठीक भन्दै पुलिको काम पनि आफै, नेताको काम पनि आफै र अदालतको काम पनि रवि आफैले गर्न खोजेको आरोप लगाए ।

त्यस्तै सालिकराम पुडाशैनी हत्या प्रकरणमा त्यसको छानबिन अदालत र प्रहरीले गर्ने भएकाले भीड रविको पक्षमा हुँदैमा रवि लामिछानेलाई निर्दोश भन्न नमिल्ने अध्यक्ष श्रेष्ठले दाबी गरे । उनले भने, हिजो रविले चितवनको तिलक गैरे, शंकरापूर कलेज बाट मोटो रकम असुलेका बताए । हिजो भीडको डरले केही बोल्न नसेकेकाहरु आज रविको ज्यादती बिरुद्ध बोल्न थालेको समेत बताए । रविमा समान्य संवेदना समेत नभएको उनले बताए ।

हिजो सालिकराम पुडाशैनी रविको सहयात्री थियो तर उ झुण्डिएर मर्दा रवि चितवन गएनन्, टिभी स्टुडियोबाट नजिक्कै रहेको टिचिङमा समेत नगएको बताए । रवि लामिछानेले थुप्रे गल्ती गर्दै गएको समेत बताए । तर उनी त्यही भीडको आडमा नेपालको कानुनभन्दा माथि छु भन्दै दादागिरी गर्दे हिडेको बताए ।

हेर्नुहोस् भिडियो 

सिफारिस

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

धेरै पढिएको