देउवा र भट्टराईले कुटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्रीसँग भेटेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना

पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले कुटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेको विषयमा राप्रपाका अध्यक्ष कमल थापा र भट्टराईबीच जुहारी चलेको छ। देउवा र भट्टराई भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न बिहिबार उनी बसेकै होटेलमा पुगेका थिए।

जयशंकरसँगको भेटघाटको सो समाचार सार्वजनिक भएपछि राप्रपाका अध्यक्ष कमल थापाले देउवा, भट्टराई र उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारबादको नमुना पेश गरेको टिप्पणी गरेका थिए।

ट्वीटरमार्फत् आएको कमल थापाको टिप्पणीलाई ट्वीटरमै जवाफ दिँदै समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले देशको हितमा छिमेकीसँग खुल्ला सम्बन्ध राख्ने पक्षमा आफू रहेको बताएका छन्। उनले भनेका छन् ‘सिसाको घरमा बस्नेले अर्काको झुपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला! सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं!’

भट्टराईको जवाफलाई फेरि थापाले प्रतिउत्तर दिँदै खुल्ला र मित्रतापूर्ण सम्बन्ध बारे आफू सहमत रहेको ट्वीट लेखे। ‘खुला मित्रतापूर्ण सम्बन्धवारे मेरो मित्रको धारणासंग सहमत छु। त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो। सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिक रुपमा भेटेको अलि सुहाएन कि?’

थापाको यो प्रतिक्रियामा भट्टरााईले जवाफ दिइसकेका छैनन्। बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न पूर्वप्रधानमन्त्रीहरु देउवा, भट्टराई र वर्तमान उपप्रधनमन्त्री उपेन्द्र यादव उनी बसेकै होटेलमा पुगेका थिए। उनीहरुको यो भेटघाट कुटनीतिक मर्यादाबिपरित भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको