अन्तरविद्यालय लोक नृत्य प्रतियोगिताको आयोजना हुँदै , विजेताले कति पाउँछन् ?

काठमाडौं – निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँको आयोजनामा यहि भदौ १० गते मंगलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिताको आयोजना हुने भएको छ ।

नेशनल प्याब्सन काठमाडौँले हरेक बर्ष तिजको अवसर पारेर गर्दै आएको प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिन लागेको हो । प्रतियोगिताको तयारी बारे आज संवाद चौतारीमा एक पत्रकार सम्मलेनको आयोजना गरि जानकारी गराइएको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ७५ टिमको सहभागिता रहने छ । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने प्रतियोगिका विजेताहरु प्रथम , द्धितीय र तृतीयलाई क्रमश नगद १५ हजार , १० हजार ५ हजार सहित ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ भने बाँकी टप १० टिमलाइ नै ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको प्रमुख आतिथ्यता सम्पन्न हुने उक्त कार्यक्रममा सहभागी टिमले नेपाली मौलिक कला , संस्कृति र परम्परा झल्कने खालका मौलिक लोकनृत्यलाई कम्तीमा ८ र बढिमा २४ जनाको समुहमा प्रस्तुत गर्न सकिने आयोजकले जनाएको छ ।

विद्यार्थीहरुलाई आफ्नो मौलिक भाषा, संस्कृति, र परम्पराप्रति जागरुक बनाउँदै मौलिक संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेशनल प्याब्सन काठमाडौँका संचार विभाग प्रमुख तथा लोक नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक गेन्द्र लामाले जानकारी दिए ।

सिफारिस

‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टमा रमाए दर्शक (तस्वीरहरू)

साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रश्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन् । शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा...

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब नौ दिन मात्र बाँकी छ। प्रतियोगिताको तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ। जङ्गी अड्डामा आयोजित उक्त कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक...

सञ्चारमन्त्री खरेलद्वारा सवारी चालक अनुमति पत्र छपाइको उद्घाटन (तस्वीरहरू)

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी...

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप...

यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै...

धेरै पढिएको