अन्तरविद्यालय लोक नृत्य प्रतियोगिताको आयोजना हुँदै , विजेताले कति पाउँछन् ?

काठमाडौं – निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँको आयोजनामा यहि भदौ १० गते मंगलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिताको आयोजना हुने भएको छ ।

नेशनल प्याब्सन काठमाडौँले हरेक बर्ष तिजको अवसर पारेर गर्दै आएको प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिन लागेको हो । प्रतियोगिताको तयारी बारे आज संवाद चौतारीमा एक पत्रकार सम्मलेनको आयोजना गरि जानकारी गराइएको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ७५ टिमको सहभागिता रहने छ । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने प्रतियोगिका विजेताहरु प्रथम , द्धितीय र तृतीयलाई क्रमश नगद १५ हजार , १० हजार ५ हजार सहित ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ भने बाँकी टप १० टिमलाइ नै ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको प्रमुख आतिथ्यता सम्पन्न हुने उक्त कार्यक्रममा सहभागी टिमले नेपाली मौलिक कला , संस्कृति र परम्परा झल्कने खालका मौलिक लोकनृत्यलाई कम्तीमा ८ र बढिमा २४ जनाको समुहमा प्रस्तुत गर्न सकिने आयोजकले जनाएको छ ।

विद्यार्थीहरुलाई आफ्नो मौलिक भाषा, संस्कृति, र परम्पराप्रति जागरुक बनाउँदै मौलिक संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेशनल प्याब्सन काठमाडौँका संचार विभाग प्रमुख तथा लोक नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक गेन्द्र लामाले जानकारी दिए ।

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको