४ प्रतिशत हरियाली क्षेत्रबाट ४० प्रतिशत बढाउने

  • महेश सिंह 
दिन प्रति दिन भइरहेको प्रदुषणलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं. २ ले हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण अभियान थालनी गरेको छ ।अभियानको उद्घाटन गर्दै प्रदेश नं. २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले कम क्षेत्रफल र बढी जनसंख्या रहेको २ नं. प्रदेशमा चार प्रतिशत भू भागमा मात्रै वन जंगल रहेकोले वृक्षारोपण कार्यको शुभारम्भ गरिएको वताए  ।
धनगढीमाई नगरपालिका वडा नं. ६ स्थित गागन खोलाको शिव गंगा सामुदायिक वनको करिव २० हेक्टर जग्गामा वृक्षारोपण कार्यको थालनी गर्दै मन्त्री मण्डलले प्रदेश नं. २ अन्तर्गतको आठ वटा जिल्लाको लागि करिव ४० प्रतिशत वन जंगल आवश्यक रहे पनि दिन प्रति दिन वन फडानीले प्रदुष्णको साथसाथै भूक्षयको पनि स्थानीयहरु सिकार भइरहेको वताउनुभयो । मन्त्री मण्डलले हरित प्रदेश अभियान वृक्षारोपण अन्तर्गत आठ वटै जिल्लामा दुई सय हेक्टरमा खयर, टिक, गमहाइर लगायत विभिन्न प्रजातीका गरी झण्डै तीन लाख ६ हजार विरुवा रोपिने अभियान रहेको वताए ।
डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले प्रदेश नं. २ को कार्यक्रम र डिभिजन वन कार्यालयको कार्यक्रम सँगसँगै लिएर जाने बताउँदै उहाँले अवको दुई वर्षभित्रमा सिरहास्थित रहेको सम्पूर्ण ऐलानी पर्ति जग्गामा विरुवा रोपन कार्य सम्पन्न गरिने वताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रमुख, नेपाली सेना प्रमुख, डिभिजन वन कार्यालय सिरहाका प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको आयोजना डिभिजन वन कार्यालय सिरहाले गरेको थियो ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको