४ प्रतिशत हरियाली क्षेत्रबाट ४० प्रतिशत बढाउने

  • महेश सिंह 
दिन प्रति दिन भइरहेको प्रदुषणलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं. २ ले हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण अभियान थालनी गरेको छ ।अभियानको उद्घाटन गर्दै प्रदेश नं. २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले कम क्षेत्रफल र बढी जनसंख्या रहेको २ नं. प्रदेशमा चार प्रतिशत भू भागमा मात्रै वन जंगल रहेकोले वृक्षारोपण कार्यको शुभारम्भ गरिएको वताए  ।
धनगढीमाई नगरपालिका वडा नं. ६ स्थित गागन खोलाको शिव गंगा सामुदायिक वनको करिव २० हेक्टर जग्गामा वृक्षारोपण कार्यको थालनी गर्दै मन्त्री मण्डलले प्रदेश नं. २ अन्तर्गतको आठ वटा जिल्लाको लागि करिव ४० प्रतिशत वन जंगल आवश्यक रहे पनि दिन प्रति दिन वन फडानीले प्रदुष्णको साथसाथै भूक्षयको पनि स्थानीयहरु सिकार भइरहेको वताउनुभयो । मन्त्री मण्डलले हरित प्रदेश अभियान वृक्षारोपण अन्तर्गत आठ वटै जिल्लामा दुई सय हेक्टरमा खयर, टिक, गमहाइर लगायत विभिन्न प्रजातीका गरी झण्डै तीन लाख ६ हजार विरुवा रोपिने अभियान रहेको वताए ।
डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले प्रदेश नं. २ को कार्यक्रम र डिभिजन वन कार्यालयको कार्यक्रम सँगसँगै लिएर जाने बताउँदै उहाँले अवको दुई वर्षभित्रमा सिरहास्थित रहेको सम्पूर्ण ऐलानी पर्ति जग्गामा विरुवा रोपन कार्य सम्पन्न गरिने वताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रमुख, नेपाली सेना प्रमुख, डिभिजन वन कार्यालय सिरहाका प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको आयोजना डिभिजन वन कार्यालय सिरहाले गरेको थियो ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको