- घनश्याम श्रेष्ठ
काठमाडौं – काठमाडौं उपत्यकामा आज बिहानैदेखि निषेधाज्ञा सुरु भएको छ । काठमाडौं, ललितपुर र भुक्तपुरमा एकसाथ आज बिहान ६ बजेदेखि वैशाख बैशाख भरका लागि निषेधाज्ञा लागू गरिएको हो।
कोभिड १९ को संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन उपत्यकामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् ।

सँधै व्यस्त रहने उपत्यकाका सडक बिहीबार बिहानैदेखि सुनसान जस्तै देखिन्छ । भित्रि क्षेत्रका पसलहरुमा चहलपहल रहे पनि मुख्य सडक आसपास मानिसहरुको आवागमन कम छ ।
सडकमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको उपस्थिती बाक्लो देखिएको छ । अनावश्यक रुपमा बाहिर निस्कनेहरुको पहिचान गरी प्रहरीले उनीहरुलाई घरमै रहन आग्रहका साथ फर्काइदिएका छन् ।

बिहान कार्यालय समयमा भने केही भिडभाड जस्तो देखिन्थ्यो । प्रशासनले बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयलाई परिचयपत्र देखाएर सवारीसाधन चलाउन छुट दिएकाले केही भिडभाड देखिएको छ ।



