काठमाडौं – निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै देखिन्छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले तीन दिन अघि निषेधाज्ञा जारी गरेको थियो ।

लकडाउन अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन, बिरामी तथा कुरूवा, सरकारी कायार्लय तथा सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, बीमालगायत राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिय कारोबार गर्ने संस्थाका कर्मचारी, एयरपोर्टमा जाने–आउने यात्रुहरूको हकमा सवारी पास आवश्यक नपर्ने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।

सो सूचनाको आधारमा गाडिमै अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरूले आ-आफ्नो संस्थाको नाम लेखेर हिड्ने गरेका छन्।

तर कतिपयले निषेधाज्ञालाई अटेर गरेर हिँड्ने गरेको पनि पाइएको छ । अटेर गर्ने धेरै सवारी साधनलाई प्रहरीले समाएर होल्डिङ सेन्टरमा राखेका छन् । सडकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थिती बाक्लो देखिएको छ ।

फोटो- अजय लेन्सम्यान 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here