लुभुमा प्रहरी चाैकी निर्माणका लागि माझीले गरे जग्गादान

खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका थलमान माझीले आइतवार आफ्नो नाममा रहेको १ रोपनी क्षेत्रफलको जग्गा प्रहरी चौकी लुभुघाटको नाममा मालपोत कार्यालयमा आएर रजिष्ट्रेसन पास गरेर दिएका छन् ।

जग्गा अभावमा व्यक्तिको घरमा भाडा लिएर बस्दै आएको प्रहरी चौकीलाई आफ्नै भवन हुँदा काममा सहज हुने देखेर आफ्नो नाममा रहेको जग्गा निःशुल्क रुपमा रजिष्ट्रेसन पास गरेर जग्गाधनी प्रमाण पूर्जा जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई वुझाएको जग्गादाता थलमान माझीले बताए । उनले भने– जग्गा अभाव खेप्दै आएको प्रहरी चौकीलाई मैले जग्गा दिएको छु, अब त प्रहरीको भवन बन्छ की भन्ने आशामा छु ।

लामो समयदेखी खाँडादेवीको लुभुघाटमा रहेको प्रहरी चौकीले आफ्नो नाममा जग्गा नभएको भन्दै भवन निमार्ण गर्न सकेको थिएन । भवन अभावमा पनि लुभुघाट प्रहरी चौकी हाल व्यक्तिको घरमा भाडा लिएर बस्दै आएको छ । छिमेकी जिल्ला काभ्रे र रामेछापको सिमानामा पर्ने लुभुघाट प्रहरी चौकी सुरक्षाको हिसावले संवेदनशिल क्षेत्रको रुपमा लिइन्छ ।

प्रहरी चौकीको आफ्नै जग्गा नहुँदा भवन वनाउने प्रक्रिया अघि वढाउन सकिएको थिएन । स्थानिय थलमानले दिएको जग्गा प्रहरी चौकीको नाममा प्राप्त भएपछि हामीलाई भवन निमार्ण गर्ने प्रक्रिया अघि वढाउन सहज भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नवराज ढुंगानाले जानकारी दिए ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको