रविका समर्थकहरु अराजक बन्दै गएपछि चितवनमा कर्फ्यु

काठमाडौं – स्थानिय प्रशासनले चितवनको भरतपुरमा कर्फ्यु लगाएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरु अराजक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले विहान ६ बजेदेखि कर्फ्यु लगाएको हो ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३ क) अनुसार प्रमुख जिल्ला अधिकारीको आदेशमा आज विहान ६ बजेदेखि अदालतको आदेश नआउन्जेलसम्मका लागि कफ्र्यू लगाइएको हो । कर्फ्युमा पाँच जना भन्दा धे्रैलाई एकै ठाउँमा जम्मा हुन निषेध गरिएको छ ।

कफ्र्यू पूर्वपट्टीबाइपास सडक तर्फको आन्तरिक राजश्व कार्यालयको चोक देखि घरेलु कार्यालय चोकसम्म, पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पलातदेखि चौविसकोटी चोकसम्म तथा बाइपास सडकको आन्तरिका राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल पुरानो, मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक, कृर्षि ज्ञान केन्द्र हुँर्दै पूर्वपश्चिम लोकमार्गको चौविसकोटी चोकसम्म निषेध गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा रवि लामिछाने सहित तीन जनालाई चितवन प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको समयमा रविका समर्थकहरुले रविलाई विना सर्त रिहाइको माग गर्दै सडक आन्दोलन गर्दै आएका छन् । आइतबार भिड अराजक बनेपछि प्रहरी अश्रुग्यास प्राहर गरेका थियो ।

हिजोपनि रविको बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमै राख्न अनुमति दिएको थियो । त्यसको विरोधमा भिड अराक बनेको थियो ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ ।

सिफारिस

४ महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे– मलाई पनि खुसी लागेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्। जसअनुसार...

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

रामेछापमा पहिरोमा पुरिएर एकै घरका तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका...

गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं– सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त...

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा...

धेरै पढिएको