आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेको जनाएको छ । साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा आसपासका क्षेत्रमा एउटा न्यून चापीय प्रणाली रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशका पश्चिमी भू–भागमा आंशिकदेखि समान्य बदली रहेको र बाँकी भू–भागको मौसम सामान्य छ ।

आगामी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सोमबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

मंगलबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तै मंगलबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन रचट्टयांगसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन रचट्टयांगसहित वर्षा हुने तथा राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को शिलान्यास गरिएको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बुधबार काठमाडौँमा एक समारोह बीच शिलान्यास...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

धेरै पढिएको