भारतसँग आणविक युद्ध हुन सक्ने इमरान खानकाे चेतावनी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द्व युद्धतर्फ अगाडि बढ्यो भने आणविक युद्धको अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

यस्तो युद्धमा कसैको पनि जित नहुने उनको जिकिर छ । हिजो एक ट्विटमा प्रधानमन्त्री खानले पाकिस्तान र भारत दुवै देशसँग आणविक हतियार रहेको स्मरण गराएका हुन् ।

आणविक युद्धको परिणाम विश्वका लागि भयानक हुने चेतावनी पनि खानले दिएका छन् । उनले आफ्नो ट्विटमा विश्व समुदायलाई पनि आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेका छन् ।

पाकिस्तान जुनसुकै हदसम्म पनि जान सक्ने उनले बताएका छन् । पछिल्लो समय भारत र पाकिस्तानबीच कस्मिरको विषयलाई लिएर तनाव बढेको छ । कस्मिरलाई दिँदै आएको विशेषाधिकार युक्त राज्यकाे मान्यता भारतले हटाएपछि दुवै देशबीच तनाव बढेको हो ।

बेलायतबाट स्वतन्त्र भएलगत्तै टुक्रिएर अलग्गै देश बनेकाे पाकिस्तान र भारतले त्यसयता तीनवटा लडाइँ लडिसकेका छन् । भारत र पाकस्तिानका दुई युद्धको कारण कस्मिर विवाद नै रहेको थियो ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको