सामाजिक उत्तरदायित्व सहितको उद्यमीलता विकास गरिनुपर्छः मन्त्री विष्ट

काठमाडौँ – उत्कृष्ट १० युवा उद्यमीका नवीन उद्यमको प्रस्तुतीकरणमार्फत युवा उद्यमशीलता विकास गर्ने उद्देश्यले राजधानीमा दुईदिने बृहद राष्ट्रिय संवादको आयोजना गरिएको छ । युएनडिपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको सो कार्यक्रममा युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गरिने छ । कार्यक्रमले सिर्जनाशीलता र उद्यमशीलतामार्फत दिगो विकासका लक्ष्य प्राप्तीमा योगदान गर्न अभिप्रेरित गर्ने आयोनले जनाएको छ ।

संवाद कार्यक्रममा सातै प्रदेशबाट चयन भएका ३०० बढी युवा उद्यमी सहभागी भएका छन् । कार्यक्रममा प्रत्येक प्रदेशबाट छनोट भएर आएका १० युवा उद्यमीका समूहले आआफ्ना उद्यमका बारेमा प्रस्तुतीकरण दिनेछन् । कार्यक्रममार्फत सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ । संवाद कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकको सर्वाङ्गीण विकास र सामाजिक कार्यमा युवा परिचालन हुनुपर्ने उल्लेख गर्दै उहाँले युवा सशक्तीकरण भएमात्र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन टेवा पुग्ने बताउनुभयो । “कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवाको आवश्यकता छ”, विकासमा युवाको सहभागिता विश्वासिलो हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो । वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्र्दै उहाँले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताउनुभयो ।

उहाँले व्यक्ति र कम्पनीलाई मात्र नभई रोजगारी सिर्जना हुनेगरी उद्यमशीलता बढाउन आवश्यक भएको बताउनुभयो । “उद्यमशीलता सामाजको उत्थान हुनेगरी हुनुपर्छ”, उहाँले भन्नुभयो, “उद्यमशीलताले समाज बदल्नुपर्छ ।” आयोन ४४ जिल्लाका ९२ युवा संस्थाका छाता सङ्गठन हो । सन् २००५ मा स्थापना भएको यस संसथाले युवाको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धानलगायत कार्य सञ्चालन गर्दै आएको छ । रासस

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको