बहुमत सांसदको हस्ताक्षरसहित ठाकुरले पठाए राष्ट्रपतिलाई पत्र, क-कसको छ हस्ताक्षर ?

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालयमा पत्र पठाएका छन्।

आफूसँग बहुमत सांसदको हस्ताक्षर रहेको भन्दै उनले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा पत्र पठाएका हुन्। पत्रमा १९ जना सांसदको हस्ताक्षर रहेको छ ।

जसपामा ३२ सांसद छन्। यसअघि संविधानको धारा ७६ को २ अनुसार सरकार गठनका लागि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रसँग मिलेर राष्ट्रपति कार्यालयलाई पत्र पठाएका थिए ।

ठाकुरले यादवको दाबी र निर्णयलाई व्यक्तिगत भन्दै अवैधानिक बताएका थिए। ठाकुरले आफूसँग बहुमत रहेकाले यादवका कुनै पनि निर्णय नमान्‍न पनि आग्रह गरेका छन्।

ठाकुरको पक्षमा सांसद

१.राजेन्द्र महतो

२.शरतसिंह भण्डारी

३.इकवाल मिया

४.विमल प्रसाद श्रीवास्तव

५.अनिलकुमार झा

६.अमृता अग्रहरि

७.चन्दा चौधरी

८.चन्द्रकान्त चौधरी

९.उमाशंकर अरगरिया

१०.दुलारी देवी खंगा

११.नरमाया ढकाल

१२.रुही नाझ

१३.निर्जला राउत

१४.राजकिशोर यादव

१५.रानी मण्डल

१६.लक्ष्मणलाल कर्ण

१७.प्रमोद साह

१८.कलुदेवी बिश्वकर्मा

१९. महन्थ ठाकुर

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको