यस्ता छन् लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका समस्या (भिडियोसहित)

काठमाडौ – ‘मितिनी नेपाल’ नामक संस्थाद्वारा सांसदहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यु.एन.डिपीको सहयोगमा होटल र्याडिसनमा बिहिबार  उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु उपस्थिति रहेको थियो।  कार्यक्रमको सुरुमा मितिनी नेपालका प्रतिनिधिका रुपमा उपस्थित  लैंगिक तथा यौनिक अल्पसंख्यक जोडीहरुले आफुले भोग्नु परेका समस्याहरु सांसद पस्केका थिए।

लैंगिक तथा यौनिक अल्पसंख्यकहरुलाई हेर्ने दृष्टीकोण विभेदपुर्ण मुल्यमान्यता र त्यसबाट सिर्जित हानीकारक परम्परागत अभ्यासका कारण लैंगिक तथा यौनिक अल्पसंख्यकले आफ्नो शरिर, यौनिकता र आफ्नो सो पहिचानका साथ जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चिताको लागि निर्णय लिने वातावरण राज्यबाट गर्नुपर्ने उनीको माग थियो  ।

नेपालको संविधानले यो समुदायको हक अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन पक्ष फितलो हुँदा राज्यका विभिन्न निकायमा अझ पनि आफ्नो अधिकार लिनबाट समुदाय बञ्चित रहेको धारणा राखेका थिए।  त्यस्तै उनीहरुले आफ्नो नागरिकतामा पहिचान खुलाइदिन समेत माग गरेका छन्।

कार्यक्रममा उपस्थित सांसदहरुले यो विषयलाइ गम्भीरताको रुपमा लिएको र यसलाई संसदीय समितिमा कुरा उठाउने प्रतिबद्दता व्यक्त गरेका छन्।

हेर्नुहोस् भिडियो 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको