कोरोनाको निर्मम प्रहारसंगै नाङ्गो भएको नेपालको राजनीति

  • पुजा फुँयाल

हामी एक अल्प विकशित राष्ट्रसंगै बेथितीको राज्य संयन्त्रसंगै जुन जोगी आए पनि कानै चिरेको नेतृत्व भएका राष्ट्रका नागरिक हौँ । हामी हरेक कुराहरूमा अरूको अनुहार हेरेर हात थाप्दै गुहार्दै हिडनु पर्ने अवस्था छ। हाम्रो देशको दक्ष जनशक्ति प्रयोग गरेर अन्य राष्ट्रहरूले चमत्कारिक र अनौठा कामहरू गरी सक्दा हामीले विभिन्न आपत विपद र हर समस्याहरुमा अरूसंग आश्रीत हुनु पर्दछ जस्तै अहिले यस्तो कोरोनाको माहामारीसंग जुध्नको लागि कुनै तयारी देखिदैन राज्य स्तरबाट कुनै रिसर्च छैन संभावना अध्ययन छैन।

जोखिमको मुल्याङकन छैन, न्यूनीकरणको प्रयास अनेकौ देखिए सुनिए पनि उपलब्धि मूलक छैन, हर समस्यालाई बाहाना बनाउदै पैसा कमाउने खेलमा तल्लिन सम्म्बन्धित निकाएका पदीय जिम्मेवारी बोकेका व्यक्तिहरू अब अध्ययन अनुसन्धानमा समय किन खर्च गर्नु ? अरूले बनाएको सामान खरिद गर्ने सिधै बिना झन्झट कमिसन आउछ भने आखिर यो र यस्तै संस्कारले न त पुराना पुस्ताहरू परिवर्तनको जिम्मेवार भए, न अब यही तरीकाले नयाँ पुस्ता बन्ने छौ आखिर यो सबै कुराको जिम्मा कस्ले लिने ?

यति वर्ष जेल खाए यो आन्दोलन गरे हात भाँचियो खुट्टा भाँचियो भन्ने बाहानामा राज्यलाई लुट्ने नेतृत्व चएन भएको हैन देश र जनताको लागि भलो हुने काम सहित परिवर्तनको आशा राखेर नेतृत्व चयन भएको हो।  आज विश्व जगत आविष्कार र हर कुराको अनुसन्धान र वैज्ञानिक पद्दती अपनाउदै गर्दा हामी हाम्रा जनशक्ति बाहिर पठाउदैछौ। आजकै दिनमा पनि बाहिर रहेका दक्ष जनशक्ति  नेपाल आउनको लागि सुरक्षित र क्षमता अनुसारको काम र सुविधा दिने हो भने नेपाली तन र मनले नै नेपाल बनाउने छन।  यसको लागि राज्यले किन कहिल्यै सोचेन ? जहिले जातिय  भेदभाव,भ्रष्ट्राचार,अनियमितता, पदको दुरूपयोग ,चोरी,हत्या,बलत्कार घटनाका न्यूजहरू सुन्दै दिनहरू बिताउनु पर्दैछ।  यही तरिकाले हरेर व्यक्तिको सोचमा के प्रभाव पर्ला आखिर हामीले कहिलेबाट परिवर्तनका आविस्कारका बैज्ञानीक अनुसन्धानका आधुनिकीकरण अनि सकारात्मक सोचका कुराहरू सुन्न पाईएला  जुन कुराले हरेक व्यक्तिमा आत्मबल बढोस त्यसैले सम्बन्धित निकाए र मेरा अग्रजहरूलाई मेरो अनुरोध हामीलाई सकारात्मक सोचको विकास गराईदिनु हो ताकी हामीले कल्पना गरेको राज्य हामी सबै मिलेर निर्माण गर्न सकौं  ।

हाम्रो देश परिवर्तनको जिम्मा हर कोही नागरिक र पार्टीहरूलाई बराबर छ त्यसैले देश बिकासको लागि  कुनै पार्टी नभनौं  कुनै व्यक्ति नभनौं पहिला देश बनाउ अनि अरू सोचौला व्यक्ति व्यक्ति सचेत र परिवर्तन नभएसम्म देश परिवर्तन हुँदैन।  यस्तो अवस्थामा पनि हाम्रो देश हामीले आशा राखेका हामी सबैका अभिभावक अग्रजहरु राजनिती खिचातानी र पदीयमोह संगै भ्रष्टाचार मै व्यस्त भएको देखिन्छ।

पद, पावर,पैसा समेत खर्च गरेर संबेदनशिल अवस्थामा पासको दुरुपयोग स्वास्थ्य सामग्री अभाव र एम्बुलेन्सको प्रयोग तस्करी हुनु। मानवीय समस्यालाई नै अवसर बनाएर फाइदा लिनु हामी सबैको लागि निराशाको विषय हो। सरकारको फजुल खर्च र तडकभडक खर्च नियन्त्रण गर्ने बेला यहि नै हो। हुन त कुहिएको एक बोरा चामलमा राजनीति गर्नेहरुलाई के थाहा दिनदिनै ज्याला मजदुरी गरेर छाकटार्नुको पिडा !

समस्यासंग लड्नु नै जित हो तर हरेक कुराको असर हामीले पुर्व अनुमान र मुल्यांकन गर्न जरुरी छ। मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोणमा कहिले फरक पाउने हामीमा ? हाम्रो समाज कतातिर जाँदैछ ? आत्मबल बढाएर आत्मविश्वास दिलाएर नागरिकलाई सचेत बनाएर समुदायलाई जोखिम मुक्त गराएर कोरोनासंग लडन सक्ने शक्ति प्रदान गर्नुको सट्टा मान्छेहरुबाट नै अपमानित, तिरस्कृत र घृणित बनाउदै बिरामीहरुलाई झन बिरामी बनाइदैछ।

कोरोना लाग्दैमा केही गर्नुहुन्न भन्ने मानसिकता हटाएर यो परिस्थितिमा साथ- सहयोग गर्दै सेनिटाइजर र मास्कको प्रयोग गरौँ ! अनावश्यक कुराहरुको प्रचार गर्दै नहिडाै‌‍ घरमा बसौ सुरक्षित रऔँ।

सिफारिस

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

भर्खरै

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

धेरै पढिएको