यी माग पूरा गर्ने वचन दिएपछि ओलीलाई निरन्तरता दिन जसपा तयार

काठमाडौं – जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष केपी ओलीकै निरन्तरताका लागि तयार भएको छ । प्रदेशको सीमांकनसहित संशोधन गर्ने सुझाव दिनेगरी संविधान संशोधनका लागि कार्यदल बनाउने र नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति पछि ठाकुर पक्ष केपी ओलीको निरन्तरताका लागि सहमत भएको हो ।

आफ्नै पार्टीका झलनाथ खनाल र माधव नेपालपक्ष पार्टी लाइनविरुद्ध राष्ट्रियसभा चुनावमा उभएपछि झस्किएका प्रधानमन्त्री ओलीले झलनाथ माधव पक्षका सांसदको समेत टाउको गनेर बहुमत देखाउने र त्यसपछिको परिस्थितिमा प्रधानमन्त्रीको विकल्प खोज्ने बाटो बन्द गर्ने रणनीतिमा लागेको जसपाका एक नेताले बताए ।

“मधेसका सबै माग र मुद्दा संबोधनका लागि प्रधानमन्त्री ओली तयार भएकाले जसपाले अब ओलीकै निरन्तरताका लागि सहयोग गर्छ,” जसपाका ती नेताले भने, “अब अरु दलले पनि या त केपी ओलीको सरकार मान्नुपर्ने हुन्छ अथवा उनकै नेतृत्वमा चुनावमा जानुपर्ने हुन्छ।” ती नेताले बिहीबार राति अबेर राष्ट्रपति निवासमा संविधान संशोधन कार्यदल पनि बनिसकेको खुलाशा गरे । तर, कसको नेतृत्व भन्ने विषय भने सार्वजनिक नगर्ने सझदारी भएको उनले बताए ।

“मधेसका विषयमा हामीले राजनीतिक महत्वका लागि उठाएका मुद्दासमेत संबोधन हुने भएपछि जसपाले किन केपी ओलीको विकल्प खोज्ने,” ठाकुर निकट ती नेताले भने, “हाम्रा माग र मुद्दामा ओली यति धेरै सकारात्मक रुपमा अघि बढिसक्नुभयो कि त्यति काम हाम्रै पार्टीको नेतृत्वमा सरकार बन्यो भने पनि गर्न सहज छैन ।” उनले त्यही कारण ओलीलाई निरन्तरता दिएर अघि बढ्न जसपा सहमत भएको बताए ।

जसपाले रेशम चौधरीको रिहाइ, मधेस–थहरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकताको समस्या, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग पूरा गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गरेको थियो ।

त्यसमध्ये रेशम चौधरी रिहाइको प्रकृया अदालतबाट हुने आश्वासन सरकारले दिएको छ । सरकारले ११२ वटा मुद्दा फिर्ता लिइसकेको छ भने अन्य मुद्दा पनि फिर्ताको क्रममा छन् । यता, जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच जसपा सरकारमा नजाने तर सरकारको नेतृत्व गर्ने अवसर आए त्यसका लागि पहल गर्ने सहमति भइसकेको छ । तर, जसपालाई सरकारको नेतृत्व दिने सम्भावना निकै कम रहेका कारण ओलीलाई नै सघाएर अगाडि बढ्ने ठाकुर–महतोले सोच बनाएको बुझिएको छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको