निषेधाज्ञाको एक महिना : कतै जाम, कतै सुनसान (फोटोफिचर)

काठमाडौँ – निषेधाज्ञा जारी भएको आज एक महिना पुगेको छ। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेपछि सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।

सडकमा कतै सुनसान छ भने कतै गाडीको चाप देख्न सकिन्छ।  निषेधाज्ञा उल्लंघन गरी सवारीसाधन चलाउनेलाई प्रहरीले एक पटकलाई सम्झाई बुझाई पठाउने गरेको छ भने पटक-पटक अटेरी गर्नेलाई  कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड अनुसार कारबाही समेत गर्ने गरेको छ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई सरकारले एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ८ सय ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ४२ वटा गाडी र ८ सय ६४ वटा मोटरसाइकल रहेका छन् ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय ३१ जनालाई प्रचलित कानुन बमोजिम ३३ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ हजार ७ सय ६६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको संक्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको