सेनाविरुद्ध फेरि लागे प्रचण्ड !

काठमाडाैं – प्रचण्ड प्रधानमन्त्री बन्ने समय नजिकिएको ठानिँदै गर्दा ‘माओवादी’हरू प्रत्यक्ष र अप्रत्यक्ष रूपले नेपाली सेनाविरुद्ध क्रियाशील हुन थालेका छन् ।सेनाको इतिहासमै सर्वाधिक बदनाम मानिने राजेन्द्र क्षेत्री सेनापति रहँदासम्म माओवादीका तिरबाट सेनाका विरुद्ध कुनै टीकाटिप्पणी भएको सुनिँदैनथ्यो । क्षेत्रीले प्रचण्डलाई ‘खुसी पार्ने गरेको’भन्ने चर्चा त्यसताक निकै चल्ने पनि गर्दथ्यो । गत वर्ष पूर्णचन्द्र थापाले सेनापतिको जिम्मेवारी सम्हालेयता उनले सेनाभित्र जमेको फोहोर सफाइमा मुख्य ध्यान दिँदै आएका छन् र यस अवधिमा उनले सुधारका निकै कार्यहरू गरेको बुझिन्छ ।

सेनापति थापाले सेनाको छवि स्वच्छ तुल्याउन सुधारको अभियान थालेसँगै माओवादीपट्टिबाट नकारात्मक टिप्पणी शुरु हुनुले प्रचण्ड प्रधानमन्त्री बनेमा त्यसपछि फेरि अर्को काण्ड पो हुने हो कि भन्ने आशङ्का बढाएको छ । २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री बनेका बेला सबभन्दा पहिले रामबहादुर थापा बादलले सेनासँग निहुँ खोज्न थालेका थिए । यसपटकचाहिँ प्रचण्डले सेनासँग निहुँ खोज्न देव गुरुङलाई अघि सारेका छन्, गुरुङले सेनाको महत्वपूर्ण अङ्ग रेञ्जर रेजिमेन्ट खारेज हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् । माओवादीभित्र सेनाको लोगो (त्रिशूल–डमरुअङ्कित) समेत परिवर्तन हुनुपर्छ भनी उच्च तहमा छलफल हुने गरेको भए पनि देव गुरुङले त्यस विषयमा चाहिँ अहिलेसम्म केही बोलेका छैनन् ।

रेञ्जर फोर्सप्रति माओवादीहरू निकै अघिदेखि नै नकारात्मक र पूर्वाग्रही भए पनि उनीहरूले उक्त फोर्सबारे केही भन्न सकिरहेका थिएनन् । रेञ्जर रेजिमेन्ट अमेरिकासँगको विशेष सान्निध्यमा रहेको भन्ने बुझाइ माओवादी नेताहरूको छ । हिंसात्मक युद्धकालमा आफ्नाविरुद्ध विशेष सक्रिय रहेको भन्दै माओवादी नेताहरू रेञ्जर रेजिमेन्टविरुद्धको वातावरण बनाउन लागिपरेका छन् । कदाचित प्रचण्ड दुईतिहाइ बहुमतको प्रधानमन्त्री बनेको अवस्थामा रेञ्जर फोर्स खारेज गराउन उनीहरू अहिले पृष्ठभूमि बनाउँदै छन् ।

माओवादीले रेञ्जर फोर्सको स्थापना नै आफूहरूलाई दमन गर्नका निम्ति भएको ठानेको छ । जब कि उक्त फोर्सको स्थापना हिंसात्मक क्रियाकलाप शुरु हुनुअघि नै भइसकेको थियो । विपत्तिको समयमा उद्धार कार्य गर्ने र शान्ति स्थापनामा विशेष भूमिका निर्वाह गर्र्ने मूल उद्देश्यबाट स्थापना भएको रेञ्जर रेजिमेन्टमा दुई बटालिएन छन् र एक बटालिएन (गण) मा सैनिक सङ्ख्या ६०० रहने व्यवस्था छ । सेनाभित्र ऐतिहासिक कालदेखि नै मगर र गुरुङको बेग्लै पल्टन खडा भएकोमा यसबीच राई र थारूको पनि छुट्टाछुट्टै पल्टन खडा गरिएको छ । शताब्दी अघिदेखि नै समावेशिताको अभ्यास गर्दै आएको नेपाली सेनालाई ‘ह्युमिलिएट’ गर्न २०६३ को परिवर्तनयता माओवादी पक्षबाट अनेकौँ प्रयास हुँदै आएका छन् ।

रामबहादुर थापा २०६५ मा रक्षामन्त्री हुँदा उनले ‘सेनापति प्रकरणको श्रीगणेश’ गरेका थिए । गृहमन्त्री बनेपछि रामबहादुरले सशस्त्र प्रहरीको गण र गुल्महरूको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नाम परिवर्तन गर्न खोजेका थिए र, अझै पनि हिन्दू देवीदेवताको नाम मेटाउने प्रयासमा उनी रहेको बताइन्छ । यता सेनाविरुद्ध जाइलाग्नचाहिँ प्रचण्डद्वारा देव गुरुङलाई खटाइएको बुझिन्छ । रेञ्जर रेजिमेन्ट खारेजीको माग लिएर अघि बढेका देव गुरुङले कुन दिनदेखि सेनाको लोगो नै खारेजीको माग गर्ने हुन्, अब प्रतीक्षा त्यसैको भइरहेको छ ।

घटना र विचारलाई प्राप्त अर्को एक समाचारअनुसार गत महिना भारतको गुप्तचर संस्था ‘रअ’का नवनियुक्त प्रमुख समन्ता गोयल नेपाल आएका बेला उनको सेनापति पूर्णचन्द्र थापासँग गुप्त भेट भएको भनी प्रचण्ड स्वयम्ले प्रचार गराएका थिए । प्रचण्डले आफूनिकटका सञ्चारमाध्यममार्फत ‘सेनापतिले समेत भेटेको’ भन्ने समाचार सार्वजनिक गराएको र जुन समाचार गलत भएको भनी सेनाले खण्डन गर्नुपरेको थियो । सेनालाई कमजोर, रक्षात्मक र विवादास्पद बनाउँदै ह्युमिलिएट गर्ने नियोजित प्रयासस्वरूप प्रचण्डले सेनापति र भारतको गुप्तचर प्रमुखबीच भेट भएको भनी प्रचार गराएको बताइन्छ । (घटना र विचारबाट)

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको