डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु

चौतारा – लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा  मृत्यु भएको हो।

ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२का वडाअध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए।
उनका अनुसार अस्पतालले डेंगुको संक्रमणबाट उनको मृत्यु भएको पुष्टी गरेको छ। टेकुस्थित शुक्रराज सरुवा रोग केन्द्रले समेत रामबहादुरको मृत्यु डेंगुको संक्रमणबाट भएको प्रमाणित गरेको कमलरत्नले बताए।

डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएपछि थप संक्रमण हुन सक्ने आशंकामा गाउँपालिकाले परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली उनको गाउँ भिमटार पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए।

टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गर्ने र शंकास्पद रोगी भेटिएमा उपचारका लागि रिफर गर्ने रोकाले जानकारी दिए ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको