उपप्रधानमन्त्री महतोको घर भारत रहेको दावीसहित अख्तियारमा उजुरी, छानबिन नगरे जनस्तरबाटै कारबाही गर्ने चेतावनी

काठमाडौँ – उपप्रधानमन्त्री एवंम सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। महतोले लिएको नागरिकतामा झुटो विवरण पेश गरेको भन्दै आवश्यक कारबाहीको लागि गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा नयाँ पार्टी ,नेपालले उजुरी हालेको हो ।

महतोको स्थायी घर सितामढी जिल्ला कोहवरवा गाउँ भारतमा रहेको दावीसहित नयाँ पार्टी ,नेपालले महतोको नागरिकता छानविन गर्न माग गरेको छ । यसअघि छानबिन भएपनि लामोसमय भइसक्दासमेत अख्तियारले कुनै कारबाहि नगरेको भन्दै पार्टीले गम्भिर ध्यानाकर्षण जनाएको छ।

”पार्टीले तत्काल महतोको नागारिकता खारेज गर्दै उनले कमाएका व्यक्तिगत सम्पत्ति समेत राज्यको मातहत ल्याई निजलाई तत्काल कानुन बमोजिम आवश्यक कारबाही गर्न तथा देश निकाला गर्न माग गर्दछौँ । यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट यो काम हुँदैन र हुन सक्दैन भने जनस्तरबाट भौतिक कारबाही गर्न परेमा र त्यस्तो घटना घटेको खण्डमा त्यस्को सम्पुर्ण जिम्मेवारी नेपाल सरकार ,गृह मन्त्रालय ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धीत व्यक्ति राजेन्द्र सुडी (महतो ) नै हुने समेत जानकारी गराउन चाहन्छौँ ।;” नयाँ पार्टी ,नेपालले  अख्तियारमा पठाएको पत्रमा भनिएको छ।

मंगलबार दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  सि–०३४५४१ नम्बरमा दर्ता रहेको छ भने  आज बुधबार गृह मन्त्रालयमा ५८८२ मा दर्ता गरिएको छ।  दुुबै उजुरी बारे अनुसन्धान गरि आवश्यक कारबाही गर्न नयाँ पार्टी ,नेपालले माग गरेको छ  ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको