सिरहामा  ९ जना डेंगुका बिरामी भेटिए

  •  महेश सिंह 

सिरहा -सिरहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला परेका छन् । उनीहरू मध्ये मेयर देवनाथ साहकै घरका चार बिरामी छन् । बिरामीको काठमाडौं, धरान र विराटनगरमा उपचार भइरहेको छ। डेंगुको प्रकोप देखिएपछि नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधी छर्किन थालेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पंजियारका अनुसार वडा नम्बर ४ का ७ जना र वडा ३ का २ जनामा डेंगु संक्रमण देखिएको हो । डेंगु संक्रमण फैलिन नदिन औषधि छर्ने र कसरी बच्ने बारे प्रचारप्रसार थालिसकेको उनले जानकारी गराए । ‘लामखुट्टे नियन्त्रण अभियान चलाउने योजना अन्तर्गत औषधी छर्ने काम हुन सकेको थिएन,’ मेयर साहले भने, ‘डेंगु सक्रमित देखिएपछि तत्कालै स्वास्थ्य शाखालाई नियन्त्रण गर्ने योजना बनाउन निर्देशन गरेको छु।’ नगरको सम्वेदनशील क्षेत्रमा ‘फोबिङ्ग’ ९औषधी छर्ने कार्य र डेँगुबाट बच्ने सन्देशमूलक सूचना सम्पे्रषण सुरु भइसकेको उनले बताए।

डेँगु रोगका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने स्वास्थ्य संयोजक पंजियारले बताए। घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमला जस्ता ठाउँहरूमा पानी जम्न नदिने उनले स्थानीयहरूसँग आग्रह गरेका हुन ।

सिफारिस

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

धेरै पढिएको