सिरहामा  ९ जना डेंगुका बिरामी भेटिए

  •  महेश सिंह 

सिरहा -सिरहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला परेका छन् । उनीहरू मध्ये मेयर देवनाथ साहकै घरका चार बिरामी छन् । बिरामीको काठमाडौं, धरान र विराटनगरमा उपचार भइरहेको छ। डेंगुको प्रकोप देखिएपछि नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधी छर्किन थालेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पंजियारका अनुसार वडा नम्बर ४ का ७ जना र वडा ३ का २ जनामा डेंगु संक्रमण देखिएको हो । डेंगु संक्रमण फैलिन नदिन औषधि छर्ने र कसरी बच्ने बारे प्रचारप्रसार थालिसकेको उनले जानकारी गराए । ‘लामखुट्टे नियन्त्रण अभियान चलाउने योजना अन्तर्गत औषधी छर्ने काम हुन सकेको थिएन,’ मेयर साहले भने, ‘डेंगु सक्रमित देखिएपछि तत्कालै स्वास्थ्य शाखालाई नियन्त्रण गर्ने योजना बनाउन निर्देशन गरेको छु।’ नगरको सम्वेदनशील क्षेत्रमा ‘फोबिङ्ग’ ९औषधी छर्ने कार्य र डेँगुबाट बच्ने सन्देशमूलक सूचना सम्पे्रषण सुरु भइसकेको उनले बताए।

डेँगु रोगका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने स्वास्थ्य संयोजक पंजियारले बताए। घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमला जस्ता ठाउँहरूमा पानी जम्न नदिने उनले स्थानीयहरूसँग आग्रह गरेका हुन ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको