मिडिया काउन्सिल विधेयक नसच्याए संसद चल्न दिन्नौं : सभापति देउवा

विराटनगर – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक संशोधनका क्रममा भएका कतिपय व्यवस्था नसच्याए संसद चल्न नदिने बताए। विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले ओली सरकारले न्यायलयलाई हस्तक्षेप गरेको, प्रेसलाई हस्तक्षेप गर्न खोजेको, प्रशासनलाई हस्तक्षेप गर्ने काम गरेको बताए। ‘प्रेसलाई रोक्ने कसरत भइरहेको छ।

यस विषयमा त तपाइँहरूलाई बढी चिन्ता हुनुपर्ने हो नि त’ पत्रकारलाई इंगित गर्दै देउवाले भने, ‘मिडिया काउन्सिल विधेयक राम्रो होरु दुईतीन लाख दण्ड गर्ने विधेयक थियो। अहिले फेरि लेख्न नपाउने खालको आएको छ। त्यसलाई नसच्याए हामी पार्लियामेन्ट चल्न दिँदैनौं।’ देउवाले वर्तमान कानुनमा रहेको दण्डको व्यवस्था नै ठिक रहेको बताए। उनले ओली सरकार आएदेखि नेपालको सम्पूर्ण कुरा बिगारिरहेको बताए। ‘ओली सरकार आएदेखि सारा बद्मासी गरेको छ। एकलौटी गरेको छ। कम्युनिष्ट सरकार खराब होइन। तर, कम्युनिष्ट स्टेट ल्याउँदैछ’ देउवाले भने, ‘सरकार आएदेखि नेपालका सम्पूर्ण कुरा बिगारेको छ।

न्यायालयलाई हस्तक्षेप गर्ने। प्रशासनलाई हस्तक्षेप गर्ने काम गरेको छ।’ देउवाले एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन नगरेको बताउँदै न्यायाधीशलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिए हुने बताए। ‘अदालतले गरेको निर्णय पढ्नुपर्‍यो नि खासमा, मैले अहिले हेरेको छैन। अध्ययन गरेको छैन। महाअभियोग लगाउने भन्ने विषय भन्दा पहिले त के भएको रहेछ बुझ्नु पर्छ’ देउवाले भने,‘पुनरावलोकनको मुद्दा दिए भइगयो नि।’ हिन्दू राष्ट्र चाहिन्छ भन्ने विषयमा पार्टीमा बहस भएको विषयमा उनले कांग्रेसमा सबै खालका मानिस रहेको बताए। अर्को प्रसंगमा देउवाले संवैधानिक बाध्यता रहेको कारण कांग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै अन्तरिम खालका प्रदेशको समिति बन्ने पनि बताए। ‘संवैधानिक बाध्यता रहेको कारण पहिले अन्तरिम हिसावको प्रदेशको समिति बन्छ’, सभापतिले भने।

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको