मिडिया काउन्सिल विधेयक नसच्याए संसद चल्न दिन्नौं : सभापति देउवा

विराटनगर – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक संशोधनका क्रममा भएका कतिपय व्यवस्था नसच्याए संसद चल्न नदिने बताए। विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले ओली सरकारले न्यायलयलाई हस्तक्षेप गरेको, प्रेसलाई हस्तक्षेप गर्न खोजेको, प्रशासनलाई हस्तक्षेप गर्ने काम गरेको बताए। ‘प्रेसलाई रोक्ने कसरत भइरहेको छ।

यस विषयमा त तपाइँहरूलाई बढी चिन्ता हुनुपर्ने हो नि त’ पत्रकारलाई इंगित गर्दै देउवाले भने, ‘मिडिया काउन्सिल विधेयक राम्रो होरु दुईतीन लाख दण्ड गर्ने विधेयक थियो। अहिले फेरि लेख्न नपाउने खालको आएको छ। त्यसलाई नसच्याए हामी पार्लियामेन्ट चल्न दिँदैनौं।’ देउवाले वर्तमान कानुनमा रहेको दण्डको व्यवस्था नै ठिक रहेको बताए। उनले ओली सरकार आएदेखि नेपालको सम्पूर्ण कुरा बिगारिरहेको बताए। ‘ओली सरकार आएदेखि सारा बद्मासी गरेको छ। एकलौटी गरेको छ। कम्युनिष्ट सरकार खराब होइन। तर, कम्युनिष्ट स्टेट ल्याउँदैछ’ देउवाले भने, ‘सरकार आएदेखि नेपालका सम्पूर्ण कुरा बिगारेको छ।

न्यायालयलाई हस्तक्षेप गर्ने। प्रशासनलाई हस्तक्षेप गर्ने काम गरेको छ।’ देउवाले एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन नगरेको बताउँदै न्यायाधीशलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिए हुने बताए। ‘अदालतले गरेको निर्णय पढ्नुपर्‍यो नि खासमा, मैले अहिले हेरेको छैन। अध्ययन गरेको छैन। महाअभियोग लगाउने भन्ने विषय भन्दा पहिले त के भएको रहेछ बुझ्नु पर्छ’ देउवाले भने,‘पुनरावलोकनको मुद्दा दिए भइगयो नि।’ हिन्दू राष्ट्र चाहिन्छ भन्ने विषयमा पार्टीमा बहस भएको विषयमा उनले कांग्रेसमा सबै खालका मानिस रहेको बताए। अर्को प्रसंगमा देउवाले संवैधानिक बाध्यता रहेको कारण कांग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै अन्तरिम खालका प्रदेशको समिति बन्ने पनि बताए। ‘संवैधानिक बाध्यता रहेको कारण पहिले अन्तरिम हिसावको प्रदेशको समिति बन्छ’, सभापतिले भने।

सिफारिस

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । उत्पादनमूलक कामबाट रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएकोमा श्रेष्ठलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य (सूचिसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज...

धेरै पढिएको