काठमाडौँ – अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार संयुक्त रुपमा उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्वीट गर्दै समकक्षी केपी शर्मा ओलीलाई बधाइ दिएका छन्।

भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका थिए।

उद्घाटनपछि प्रधानमन्त्री मोदीले आजको दिनलाई ‘भारत–नेपाल मित्रताको विशेष दिन’ को संज्ञा दिएका छन्।

मोदीले नेपालीमा गरेको पहिलो ट्वीटमा लेखेका छन्, ‘मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गर्यौं।’

मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गर्यौं ।

तेस्रो ट्वीटमा मोदीले ‘गतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै’ नेपाललाई अझ सफा पेट्रोलियम पदार्थ दिने प्रतिबद्धता जनाएका छन्।

मोदीले ट्वीटमा लेखेका छन्, ‘मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ । म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here