रामेछापबाट पनि सुरु भयो कांग्रेसको दोस्राे जागरण अभियान, सहभागी नेताले के-के भने ?

रामेछाप – नेपाली कांग्रेसकाे दोस्राे चरणकाे जनजागरण कार्यक्रम आजबाट सुरु भएकाे छ । विपि जयन्तीको अवसर पारेर सुरु भएकाे जागरण अभियानमा देशभरका सबै क्षेत्रहरुमा क्षेत्रीय स्तरकाे कार्यक्रम भएकाे छ । साेहि अभियान अन्तर्गत रामेछापकाे दुई वटै क्षेत्रमा कार्यक्रम भएकाे छ ।

जागरण अभियान कार्यक्रममा केन्द्रीय प्रतिनिधि तथा नेपाली कांग्रेस दाेलखाका महासमिति सदस्य बर्मा लामाले याे सरकार बहुमतकाे बलमा कर आतङ्क गरिरहेकाे बताए । सामान्य किसान ज्याला मञ्दुरी गर्ने सबैसग कर असुल्ने नीति लिएकाे भन्दै लामाले सरकारलाई कर आतङ्क तिर लागेकाे आराेप लगाए । कुखुराकाे अन्डा बेच्नेदेखि, नाङ्लाेमा मकै बेच्ने सम्मलाई कर तिराउने नीति सरकार लिएकाे बताए ।

त्यसैगरि लामाले कांग्रेसले हार्दा के कस्ताे अप्ठ्यारो तथा समस्या भाेग्नु पर्याे नेकपाकाे शासनमा कस्ताखालका समस्याहरु भाेग्नु पर्दाे रहेछ भनेर जनताले याे बुझ्ने माैका पाएकाले कांग्रेसले चुनाव हार्नु पनि जे हुन्छ राम्रैकाे लागि हुन्छ भन्ने जस्ताे भएकाे बताए ।

कार्यक्रममा सहभागीहरुले कांग्रेस भित्रकाे गुट उपगुटकाे धेरै भएकाे , प्रतिपक्षकाे भुमिकालाई अर्थपूर्ण बनाउन नसकेको ,जिल्लाका नेताहरु आगन्तुक जस्ताे भएकाे जस्ता गुनासाे राखेका थिए । यसैगरि कार्यक्रममा नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ ,महिला संघ रामेछापकी सभापति गंगा अधिकारी ,पुर्व जिल्ला उपसभापति झनक श्रेष्ठ ,नेविसंघ जिल्ला अध्यक्ष सुशील अधिकारी लगाएतले आफ्नो धारणा राहेका थिए

कार्यक्रममा विपि काेईरालाकाे १०६ औं जन्मजयन्तीकाे अवसरमा १०६ वटै बिरुवा राेपेर , विपिकाे तस्बिरमा माल्यार्पण गरकाे थियाे । कार्यक्रम नेपाली कांग्रेस रामेछाप प्रदेश ‘ख’ का प्रदेश समितिका सभापति विनाेद कार्कीकाे अध्यक्ष तथा अभियान कार्यक्रमका केन्द्रीय प्रतिनिधि बर्मा लामाकाे प्रमुख आतित्थ्यतामा भएकाे थियाे ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको