रामेछापबाट पनि सुरु भयो कांग्रेसको दोस्राे जागरण अभियान, सहभागी नेताले के-के भने ?

रामेछाप – नेपाली कांग्रेसकाे दोस्राे चरणकाे जनजागरण कार्यक्रम आजबाट सुरु भएकाे छ । विपि जयन्तीको अवसर पारेर सुरु भएकाे जागरण अभियानमा देशभरका सबै क्षेत्रहरुमा क्षेत्रीय स्तरकाे कार्यक्रम भएकाे छ । साेहि अभियान अन्तर्गत रामेछापकाे दुई वटै क्षेत्रमा कार्यक्रम भएकाे छ ।

जागरण अभियान कार्यक्रममा केन्द्रीय प्रतिनिधि तथा नेपाली कांग्रेस दाेलखाका महासमिति सदस्य बर्मा लामाले याे सरकार बहुमतकाे बलमा कर आतङ्क गरिरहेकाे बताए । सामान्य किसान ज्याला मञ्दुरी गर्ने सबैसग कर असुल्ने नीति लिएकाे भन्दै लामाले सरकारलाई कर आतङ्क तिर लागेकाे आराेप लगाए । कुखुराकाे अन्डा बेच्नेदेखि, नाङ्लाेमा मकै बेच्ने सम्मलाई कर तिराउने नीति सरकार लिएकाे बताए ।

त्यसैगरि लामाले कांग्रेसले हार्दा के कस्ताे अप्ठ्यारो तथा समस्या भाेग्नु पर्याे नेकपाकाे शासनमा कस्ताखालका समस्याहरु भाेग्नु पर्दाे रहेछ भनेर जनताले याे बुझ्ने माैका पाएकाले कांग्रेसले चुनाव हार्नु पनि जे हुन्छ राम्रैकाे लागि हुन्छ भन्ने जस्ताे भएकाे बताए ।

कार्यक्रममा सहभागीहरुले कांग्रेस भित्रकाे गुट उपगुटकाे धेरै भएकाे , प्रतिपक्षकाे भुमिकालाई अर्थपूर्ण बनाउन नसकेको ,जिल्लाका नेताहरु आगन्तुक जस्ताे भएकाे जस्ता गुनासाे राखेका थिए । यसैगरि कार्यक्रममा नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ ,महिला संघ रामेछापकी सभापति गंगा अधिकारी ,पुर्व जिल्ला उपसभापति झनक श्रेष्ठ ,नेविसंघ जिल्ला अध्यक्ष सुशील अधिकारी लगाएतले आफ्नो धारणा राहेका थिए

कार्यक्रममा विपि काेईरालाकाे १०६ औं जन्मजयन्तीकाे अवसरमा १०६ वटै बिरुवा राेपेर , विपिकाे तस्बिरमा माल्यार्पण गरकाे थियाे । कार्यक्रम नेपाली कांग्रेस रामेछाप प्रदेश ‘ख’ का प्रदेश समितिका सभापति विनाेद कार्कीकाे अध्यक्ष तथा अभियान कार्यक्रमका केन्द्रीय प्रतिनिधि बर्मा लामाकाे प्रमुख आतित्थ्यतामा भएकाे थियाे ।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको