सामाजिक सुरक्षा कोषमा सुचीकृत हुने श्रमिकको संख्या २५ भदौसम्मा ५० हजार नाघेको छ ।

सुचीकरणका लागि तोकिएको समय सीमा नजिकिदै गर्दा आवद्ध हुने रोजगारदाता र श्रमिकको संख्या बढ्दै गएको हो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीका अनुसार २५ भदौसम्म आवद्ध हुने श्रमिकको संख्या ५० हजार नाघेको हो ।
कोषमा सुचीकृत हुनेमा ठुला रोजगारदाताको संख्या बढी छ ।

२५ भदौ दिउँसो २ बजेसम्मको विवरण अनुसार कोषमा ४ हजार ७९० रोजगारदाता र ५० हजार १ सय चालिस श्रमिक स्वीचीकृत भइसकेका छन् ।

कोषमा आवद्ध भइसकेका र सुचीकृतको प्रक्रियामा ठुला रोजगारदाताहरुमा चौधरी गु्रप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सुर्य नेपाल, शिवम् सिमेन्ट, युनिलिभर, जिफोर एस सहितका एक सय १७ आउटसोर्सिङ कम्पनीहरु छन् ।

नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल, आम्दा नेपाल, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रीला होटल, शंकर गु्रप, यति डिष्टीलरी, ट्रिनिटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज, दराज डटकम लगायतका कम्पनीहरु छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here