मलेसियाले किन मानेन सुरक्षा गार्डको छुट्टै सम्झौता गर्न ?

कामदार खुलाउने विषयमा मंगलबारदेखि जारी नेपाल र मलेसियाको संयुक्त कार्यदलको बैठक बिहीबारसम्म लम्बिएको छ। मंगलबार नै विषयमा प्रवेश गरेको बैठक बुधबार कुनै पनि विषयमा टुंगोमा पुग्न सकेन।

नेपाल र मलेसियाबीच श्रम समझदारी कार्यन्वयनसँगै तीन वटा प्रमुख एजेन्डामा छलफल केन्द्रीत छ। सुरक्षा गार्ड र घरेलु कामदारका लागि छुट्टै सम्झौता गर्नु पर्ने प्रस्ताव नेपालले गरेको छ। यस्तै आफूले सूचिकरण गरेका एक सय २२ वटै स्वास्थ्य संस्थाले त्यहाँ जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनु पर्ने नेपालको प्रस्ताव छ।

घरेलु कामदारको विषयलाई भने तत्काल नटुंग्याउने पक्षमा नेपालसमेत सहमत छ। छलफलमा सहभागी एक अधिकारीका अनुसार संसदीय समितिलेसमेत नयाँ घरेलु कामदार खुलाउन निर्देशन नदिएकाले अहिले नै मलेसियासँग घरेलु कामदारको विषय नटुंग्याउने पक्षमा नेपाल देखिएको हो।
मलेसिया भने सुरक्षा गार्ड र घरेलु कामदारका लागि छुट्टै सम्झौता नगर्ने पक्षमा देखिएको छ।

यसअघि गएको कात्तिकमा श्रम सम्झौता लगतै भएको छलफलमा सुरक्षा गार्ड र घरेलु श्रमिकको विषयमा छुट्टै सम्झौता गर्ने भनिएको थियो। अहिले मलेसियाले छुट्टै सम्झौत गर्ने पक्षमा नदेखिएको ती अधिकारीले बताए।

यस्तै प्रमुख एजेन्डा बनेको स्वास्थ्य संस्थाको विषयमा पनि मलेसिया र नेपाल आ-आफ्नै अडानमा छन् । तत्काल पुराना ३६ वटै स्वास्थ्य संस्थाले काम गरे पनि नेपालले सूचिकरण गरेका एक सय २२ वटालाई पनि प्रक्रियामा लैजान नेपाली टोलीले आग्रह गरेको छ।

उनले भने, ‘छलफल हामीले सोचे जसरी अगाडि बढिरहेको छैन। उनीहरु हाम्रो कुरामा सहमत छैनन्। तर सबै विषय एक साथ टुंग्याउने बैठकको तयारी छ।’

नयाँ संस्था थप्न मलेसिया सकरात्मक भएपनि कति संस्था थप्ने र कहिलेसम्ममा थप्ने भन्ने विषय प्रस्ट भइसकेको छैन। नेपालले भने तत्कालै प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेको छ।

सुरक्षा गार्ड र घरेलु कामदारको छुट्टै सम्झौता नभएपनि स्वास्थ्य संस्थाको विषयमा सहमती जुटे मलेसिया रोजगारी खुल्ने एउटा बिन्दु पुगिने उनले बताए।

२०७५ सालको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द छ। गएको कात्तिक १२ गते मलेसियाका मानव संसाधन मन्त्री नै नेपाल आएर श्रम समझदारी गरेपनि रोजगारी भने खुल्न सकेन। श्रम समझदारीमा श्रमिकका अधिकारका विषय उल्लेख भएपनि बाँकी प्रक्रिया संयुक्त कार्यदलले टुंग्याउने भनिएको थियो।

मलेसिया जाने श्रमिकको पुरानो प्रक्रियामा नेपाल नमान्नु र नयाँ प्रक्रिया तयार गर्न मलेसिया अग्रसर नहुँदा झण्डै १६ महिना मलेसियाको रोजगारी बन्द छ। बन्द गर्नु पहिले नै पुनःश्रम स्वीकृति लिएका श्रमिक मात्रै हाल जान पाइरहेका छन्। मलेसियाले नेपाली कामदार पठाउन माग गरे पनि नेपालले पुरानै प्रक्रियाबाट नपठाउने अडान छाडेको छैन।

तर सम्झौता लगतै बसेको संयुक्त कार्यदलको बैठक त्यसपछि मंगलबारबाट सुरु भएको हो। लामो समय दुवै देशले आफ्नो अडान छाडेनन् । दुवै देशलाई मलेसियाको रोजगारी खुलाउनु पर्ने दबाब भने बढ्दै गएको छ।

सहमती नजिक नपुगेपछि बिहीबार फेरि बस्ने गरी बुधबारको बैठक टुंगिएको छ।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको