यस्ता छन् आज सार्वजनिक मन्त्रीपरिषद्को बैठकका १९ निर्णय

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार मन्त्रीपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री आराम गरिरहेकाले सिंहदरबारको साटो बालुवाटारमै मन्त्रिपरिषदको बैठक बसेको हो ।

मन्त्रीपरिषद्को बैठकमा डेंगुको प्रकोप बिषयमा छलफल भएको छ । सरकार डेङ्गु नियन्त्रणमा लागेको सरकारका सुचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा जानकारी दिए । डेंगुले दुस्ख दिए पनि नियन्त्रण बाहिर नगएको जनाए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार र मन्त्रालयले नियन्त्रणका काम गरिरहेको बताए ।

देशमा अहिले ४५ जिल्लाका करिब ७० हजार नेपाली डेंगुबाट प्रभावित भएका छन् ।  २० जना भन्दा धेरैले ज्यान गुमाइसकेको तथ्यांक छ । डेंगुबाट विश्वका तीन अर्ब मानिस जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको भनाइ उद्धृत गर्दै सरकारले नागरिकको उपचारको स्रोत साधन मिलाइरहेको उल्लेख गरे । बिहिबार प्रतिनिधिसभाको बैठकमा सरकारले डेङ्गु नियन्त्रणको प्रयास नगरेको सांसदहरुले आरोप समेत लगाएका थिए ।

यस्तै उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व मनाउनका लागि सरकारले अक्षय कोष बनाउने भएको छ । प्रत्येक वर्ष काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको संचालन र व्यवस्थापनका लागि सरकारले ’इन्द्रजात्रा संरक्षण कोष’ बनाउने निर्णय गरेको हो ।

सरकारले सात जिल्लामा राजपत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारीको पद कायम गर्ने निर्णय गरेको छ । प्रथम श्रेणीका अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकोमा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपर्ति भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई द्वितीय श्रेणी प्रमुख कायम  गर्ने निर्णय  भएको हो । सरकारले राष्ट्रिय परिषद्का लागि आर्थिक वर्ष २०७६।७७ मा आवश्यक पर्ने १५ वटा राजपत्रांकित पदहरू अस्थायी दरबन्दी गर्ने निर्णय गरेको छ ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको