दशैँका लागि अग्रिम टिकट ‘बुकिङ’ असोज ५ गतेदेखि खुल्ने

काठमाडौँ – दशैँका लागि अग्रिम टिकट ‘बुकिङ’ असोज ५ गतेदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज भएको छलफलमा असोज ५ गतेदेखि अग्रिम टिकट खुलाउने सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

छलफलमा दशैँअघि भाडा नबढाउने पनि सहमति भएको छ । छलफलमा व्यवसायीले देशैभरिको सडक बिग्रिएको भन्दै गाडी चल्न सक्ने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रिय राजमार्गदेखि स्थानीय रुटसम्मका सबैजसो सडकमा पहिरो गएको र खाल्डाखुल्डी धेरै भएकाले गन्तव्यमा समयमै गाडी नपुगेमा आफूहरु जिम्मेवार नहुने कुरा राखेको पनि सिटौलाले बताउनुभयो ।

‘देशैभरिका सडकको हालत अत्यन्तै नाजुक छ, यस्ता बाटोमा कसरी गाडी चलाउने हो भनेर हामीले प्रश्न गरेका छौँ, दशैँअघि सबै सडक अस्थायीरुपमा भए पनि मर्मत गर्नुपर्छ ।’ सिटौलाले भन्नुभयो  ।

यस्तै व्यवसायीले यस पटकको दशैँमा धेरै गाडी नथपिने जनाएका छन् । बैंकले ऋण दिन आनाकानी गरेको, प्रदेशहरुले फरक फरक कानुन बनाएको र सार्वजनिक यातायातलाई दिगो बनाउन सरकारले पहल नगरेकाले नयाँ गाडी नथपिएको व्यवसायीको भनाइ छ ।

सिफारिस

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गरेका छन् । अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा आफू नै...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा लाग्ने हटिया (हाट बजार) स्थानीय उत्पादनहरू सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको छ। प्रत्येक...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

धेरै पढिएको