दशैँका लागि अग्रिम टिकट ‘बुकिङ’ असोज ५ गतेदेखि खुल्ने

काठमाडौँ – दशैँका लागि अग्रिम टिकट ‘बुकिङ’ असोज ५ गतेदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज भएको छलफलमा असोज ५ गतेदेखि अग्रिम टिकट खुलाउने सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

छलफलमा दशैँअघि भाडा नबढाउने पनि सहमति भएको छ । छलफलमा व्यवसायीले देशैभरिको सडक बिग्रिएको भन्दै गाडी चल्न सक्ने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रिय राजमार्गदेखि स्थानीय रुटसम्मका सबैजसो सडकमा पहिरो गएको र खाल्डाखुल्डी धेरै भएकाले गन्तव्यमा समयमै गाडी नपुगेमा आफूहरु जिम्मेवार नहुने कुरा राखेको पनि सिटौलाले बताउनुभयो ।

‘देशैभरिका सडकको हालत अत्यन्तै नाजुक छ, यस्ता बाटोमा कसरी गाडी चलाउने हो भनेर हामीले प्रश्न गरेका छौँ, दशैँअघि सबै सडक अस्थायीरुपमा भए पनि मर्मत गर्नुपर्छ ।’ सिटौलाले भन्नुभयो  ।

यस्तै व्यवसायीले यस पटकको दशैँमा धेरै गाडी नथपिने जनाएका छन् । बैंकले ऋण दिन आनाकानी गरेको, प्रदेशहरुले फरक फरक कानुन बनाएको र सार्वजनिक यातायातलाई दिगो बनाउन सरकारले पहल नगरेकाले नयाँ गाडी नथपिएको व्यवसायीको भनाइ छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको