अपेन किड्स गट ट्यालेन्ट हुँदै, सहभागी सबैलाई पुरस्कृत गरिने

काठमाडौं – पूर्व प्राथमिक विद्यालयहरुको छाता संगठन एसोसियसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल अपेन प्रदेश नम्बर ३ को आयोजनामा अपेन किड्स गट ट्यालेन्ट सिजन वान हुने भएको छ । यहि भदौ २८ गते शनिवार जावलाखेलमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कार्यक्रमबारे वुधवार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि अपेन प्रदेश नम्बर ३ ले तयारी बारे जानकारी दिएको छ । आयोजकले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका प्रि स्कुलहरु बाट ५ बर्ष मुनिका ५५० जना भन्दा बढि बालवालिकाहरुले आफ्नो ट्यालेन्ट प्रस्तुत गर्ने छन् । अपेनले पहिलो पटक गर्न लागेको उक्त कार्यक्रममा बालबालिकाको मनोेवल उच्च राख्दै हार जित भन्दा पनि उनिहरुमा विजेताभावको प्रोत्साहनको लागी सहभागी सबैलाई पुरस्कृत गर्ने तयारी रहको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दहालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा वालवालिकाहरुले गायन , नृत्य , नाटक लगायतका विभिन्न विधामा आफ्नो ट्यालेन्ट प्रस्तुत गर्ने छन् । प्रतिष्पर्धा र विजेताको भावनालाई समेट्दै साना बालवालीकाहरुको प्रतिभा प्रस्फुटनका मंच बनाउँने उदेश्यले अपेन किड्स गट ट्यालेन्ट सिजन वान आयोजना गरिएको आयोजक अपेन प्रदेश नम्बर ३ का अध्यक्ष कृष्ण बोहोराले जानकारी दिनुभयो ।

सिफारिस

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गरेका छन् । अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा आफू नै...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा लाग्ने हटिया (हाट बजार) स्थानीय उत्पादनहरू सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको छ। प्रत्येक...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

धेरै पढिएको