विश्वकप फुटबल ट्रफीको एसियाली यात्रा

[av_layout_row border=” min_height_percent=” min_height=’0′ color=’main_color’ mobile=’av-flex-cells’ id=” av_element_hidden_in_editor=’0′ mobile_breaking=” av-desktop-hide=” av-medium-hide=” av-small-hide=” av-mini-hide=”]

[av_cell_two_third vertical_align=’top’ padding=’30px,30px,30px,60px’ background_color=” src=” attachment=” attachment_size=” background_attachment=’scroll’ background_position=’top left’ background_repeat=’no-repeat’ mobile_display=”]

[av_textblock size=’16’ font_color=” color=” av-medium-font-size=” av-small-font-size=” av-mini-font-size=” admin_preview_bg=”]

विश्वकप फुटबल ट्रफीलाई कुनै पनि देशको राष्ट्राध्यक्षजस्तै सम्मान गरिन्छ । सुरक्षा पनि त्यस्तै  . त्यसैले यो ट्रफी उचाल्ने दुई जना मात्र हुन्छन् भनिन्छ ।

पहिलो विश्वकप जित्ने कप्तान, अर्को त्यो ट्रफी पुग्ने देशका राष्ट्राध्यक्ष । अरूका लागि त्यो ट्रफीलाई नजिकबाट हेर्न पाउनु पनि ठूलो उपलब्धि हुन्छ, छुन पाउने त परको कुरा । सन् २०१८ को विश्वकप छ महिनापछि रूसमा हुँदैछ र विश्वकपका सम्बन्धमा पूरा विश्वमा रोमाञ्चकता उत्पन्न गर्न अहिले ट्रफीको विश्व भ्रमण सुरु भैसकेको छ ।

यसलाई विश्वकपकै सबैभन्दा रोमाञ्चक मोडका रूपमा वर्णन गरिन्छ । सन् २००६ देखि विश्वकप ट्रफीको यात्रा प्रारम्भ भएको हो र विश्वकप सुरु हुनु ठीक अघि यस्तो यात्राको आयोजना हुन्छ । त्यति बेला अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र यसको एउटा प्रमुख प्रायोजक कोकाकोलाले विश्वकप ट्रफीलाई विश्व घुमाउने ऐतिहासिक निर्णय गरेका थिए र यो क्रम अहिले ठूलो उत्साहका साथ अघि बढिरहेको छ, जुन मे १ तारिखसम्म चल्नेछ ।

पछिल्लो साता मात्र विश्वकप ट्रफीको यात्रा सुरु भएको थियो र यसको पहिलो गन्तव्य रह्यो— श्रीलंकाको कोलोम्बो । जनवरी २३ मा ट्रफीले पहिलो पटक श्रीलंकाली भूमि छोएको थियो । संयोगवश यसपटक ट्रफीले सबैभन्दा बढी एसियाली देशकै यात्रा गर्नेछ । सन् २००६ मा यो ट्रफीले २९ देशको यात्रा गरेको थियो । सन् २०१० मा ८४ देश पुगेको उक्त ट्रफीले सन् २०१४ मा ९० वटा देशको भ्रमण गरेको थियो । यसपटक आयोजक रूससँगै ट्रफी पुग्ने देशको संख्या ५२ छ ।

ट्रफीको कोलोम्बो यात्रा अघि लन्डनमा फिफाले विशेष कार्यक्रम आयोजित गरेको थियो । फिफाको दाबी छ— विश्वकप ट्रफीलाई नजिकबाट हेर्न पाउनु पनि कसैका लागि जीवनमा एकपटक मात्र आउने दुर्लभ अवसर हुन्छ । यसपटक ट्रफीले ६ वटा महादेशको यात्रा गर्नेछ । कोलम्बोमा विश्वकप ट्रफीलाई सार्वजनिक प्रदर्शनीका लागि राखिँदा ठूलो उत्साह देखिएको थियो । श्रीलंकाली फुटबल खस्किएको स्थितिमा ट्रफीको आगमनले त्यहाँको फुटबलमा नयाँ उत्साह सिर्जना गर्ने विश्वास गरिएको छ ।

यसपटक विश्वकप ट्रफी कुन–कुन एसियाली देशमा पुग्नेछ त ? कोलोम्बो आइपुगेको ट्रफी नजिकैको छिमेकी माल्दिभ्सको माले पुगेको थियो । त्यसपछि थाइल्यान्डको फुकेट । त्यसपछि यो ट्रफी अरू दुई एसियाली देश लाओस र मकाओ पुग्नेछ । फेब्रुअरी ३ मा ट्रफी फेरि एसिया आउनेछ र त्यति बेला उसको गन्तब्ध हुनेछ, पाकिस्तानको लाहोर । त्यहाँबाट ट्रफी क्रमश: काजाकिस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र तुर्कमिस्तानको भ्रमणमा लाग्नेछ ।

फेब्रुअरी १७ पछि यो ट्रफी फेरि एसिया आउनेछ र त्यति बेला यसलाई स्वागत गर्ने मौका पाउनेछ, प्यालेस्टाइनले । त्यहाँबाट ट्रफी जोर्डन र युएई पुग्नेछ । अप्रिलको अन्तिम साता यो ट्रफी तीन एसियाली देशमा पुग्नेछ र ती हुनेछन्— मंगोलिया, चीन र जापान । रूस पुग्नुअघि जापान ट्रफी यात्राको अन्तिम गन्तव्य हुनेछ । ट्रफीको अन्तिम प्रदर्शन रूसको भ्लाडिभोस्टकमा गरिनेछ र त्यहीँ ट्रफीको औपचारिक विश्व यात्रा टुंगिनेछ ।
[/av_textblock]

[av_codeblock wrapper_element=” wrapper_element_attributes=”]
[Sassy_Social_Share]
[/av_codeblock]

[/av_cell_two_third][av_cell_one_third vertical_align=’top’ padding=’30px’ background_color=” src=” background_attachment=’scroll’ background_position=’top left’ background_repeat=’no-repeat’ mobile_display=”]

[av_heading tag=’h2′ padding=’10’ heading=’Advertisement Area’ color=” style=” custom_font=” size=” subheading_active=” subheading_size=’15’ custom_class=” admin_preview_bg=” av-desktop-hide=” av-medium-hide=” av-small-hide=” av-mini-hide=” av-medium-font-size-title=” av-small-font-size-title=” av-mini-font-size-title=” av-medium-font-size=” av-small-font-size=” av-mini-font-size=”][/av_heading]

[/av_cell_one_third][/av_layout_row]

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको