यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।  आज शुक्रबार दिउँसो देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा मध्य र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाई छ ।

आज राति देशभरी सामान्य बदली हुने र केही स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत जनाइएको छ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी भोलि शनिबार र पर्सि आइतबार पनि देशभरी सामान्य बदली र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाका साथै पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ः३० बजे जारी गरेको बुलेटिनमा कन्काई नदी जलाधारको कन्याम चियाबगान स्थित स्वचालित वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको जनाइएको छ ।

उक्त स्थान आसपास भई बहने ससाना नदीमा आकस्मिक वहाव हुन सक्ने र यात्रामा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ । कन्काईमा जलसतह बढ्ने तर सतर्कता तह भन्दा तलै हुने जनाइएको छ ।

आगामी तीन दिन सम्म देशका प्रमुख र मझौला नदीमा वहाव बढ्ने तर सतर्कता तह भन्दा तलै हुने समेत जनाइएको छ । आज इलाम, झापा, मोरङ्ग, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, काठमाडौं, नवलपरासी, रुपन्देही, पाल्पा, सल्यान, रोल्पा, रुकुम, डडेलधुरा, डोटी, बैतडी भइ बहने ससाना नदीमा पनि बहाव बढ्ने जनाइएको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको