यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।  आज शुक्रबार दिउँसो देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा मध्य र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाई छ ।

आज राति देशभरी सामान्य बदली हुने र केही स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत जनाइएको छ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी भोलि शनिबार र पर्सि आइतबार पनि देशभरी सामान्य बदली र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाका साथै पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ः३० बजे जारी गरेको बुलेटिनमा कन्काई नदी जलाधारको कन्याम चियाबगान स्थित स्वचालित वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको जनाइएको छ ।

उक्त स्थान आसपास भई बहने ससाना नदीमा आकस्मिक वहाव हुन सक्ने र यात्रामा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ । कन्काईमा जलसतह बढ्ने तर सतर्कता तह भन्दा तलै हुने जनाइएको छ ।

आगामी तीन दिन सम्म देशका प्रमुख र मझौला नदीमा वहाव बढ्ने तर सतर्कता तह भन्दा तलै हुने समेत जनाइएको छ । आज इलाम, झापा, मोरङ्ग, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, काठमाडौं, नवलपरासी, रुपन्देही, पाल्पा, सल्यान, रोल्पा, रुकुम, डडेलधुरा, डोटी, बैतडी भइ बहने ससाना नदीमा पनि बहाव बढ्ने जनाइएको छ ।

सिफारिस

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७' को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

धेरै पढिएको