काठमाडौँ– इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर जानुअघि सो क्षेत्रमा प्रदर्शन गर्न लागेको भन्दै पूर्व डिआइजी सहितलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरको हो । पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ ।
पक्राउ पर्नेमा प्रहरीका पूर्व डीआईजी विजयराज भट्ट, पूर्वमेजर केशव बस्नेतलगायत छन् । पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले उच्छ्रृंखल गतिविधिमा संलग्न ५० जना भन्दा बढी पक्राउ गरिएको पुष्टि गरे । हाल वसन्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।