विश्वप्रकाशको प्रश्न : लामखुट्टे त मार्न नसक्ने याे सरकारले बाँकी के पो गर्न सक्ला ?

काठमाडौं – नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बिहीबार बाँकेमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भर्त्सना गर्दै आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भर्त्सना गर्दै भविष्यमा यस्तो क्रियाकलाप नदोहो¥याउन पनि सरकारलाई चेतावनी दिए । जागरण अभियान कार्यक्रमलाई बिथोल्नका लागि सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणको घटनालाई कांग्रेसले घटनाको रुपमा मात्रै नभई प्रवृत्तिको रुपमा विश्लेषण गरेको भन्दै शर्माले प्रतिपक्षी दलप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसले जागरण अभियानका क्रममा केन्द्रदेखि स्थानीय तहसम्ममा भ्रष्टाचारका घटनालाई केन्द्रीय भागमा राखेर उठाउँदै आएकाले नेकपाका कार्यकर्ताहरु तिलमिलाएर आक्रमणमा उत्रेको टिप्पणी प्रवक्ता शर्माले गरे । उनले प्रतिपक्षी दलप्रति सत्तापक्षका कार्यकर्ताबाट हुने दुर्व्यवहार तथा आक्रमणका घटनाले समग्र मुुलुकको राजनीतिप्रति नै नागरिकमा वितृष्णा फैलन सक्ने भन्दै घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरे ।

‘लामखुट्टे त मार्न सक्दैन यो सरकारले भने बाँकी कुरो के पो गर्न सक्ला ? त्यसकारण यो विषयमा सरकार गम्भीर बनोस्,’ प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रस पार्टीको कुनै पनि तह र तप्काका साथीहरुमाथि गर्ने दुर्व्यवहारहरु कांग्रेसमाथिको प्रहार मात्रै होइन । यसले समग्र राजनीतिमा वितृष्णा बढ्छ भन्ने कुरालाई सरकारले गम्भीरता पूर्वक सोचोस् ।’

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ को सीतापुरस्थित नेपाल रेडक्रसको सभाहलमा कांग्रेस राष्ट्रिय जागरण अभियानको दोश्रो चरणको कार्यक्रकम चलिरहेका बेला युवाहरुको समूह प्रवेश गरी आक्रमण गर्दा जिल्ला सभापति किरण कोइराला घाइते भएकी छन् । आक्रमणबाट उनको हात भाँच्चिएको र अन्य कार्यकर्ता पनि घाइते भएको कांग्रेसले जनाएको छ ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको