विश्वप्रकाशको प्रश्न : लामखुट्टे त मार्न नसक्ने याे सरकारले बाँकी के पो गर्न सक्ला ?

काठमाडौं – नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बिहीबार बाँकेमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भर्त्सना गर्दै आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भर्त्सना गर्दै भविष्यमा यस्तो क्रियाकलाप नदोहो¥याउन पनि सरकारलाई चेतावनी दिए । जागरण अभियान कार्यक्रमलाई बिथोल्नका लागि सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणको घटनालाई कांग्रेसले घटनाको रुपमा मात्रै नभई प्रवृत्तिको रुपमा विश्लेषण गरेको भन्दै शर्माले प्रतिपक्षी दलप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसले जागरण अभियानका क्रममा केन्द्रदेखि स्थानीय तहसम्ममा भ्रष्टाचारका घटनालाई केन्द्रीय भागमा राखेर उठाउँदै आएकाले नेकपाका कार्यकर्ताहरु तिलमिलाएर आक्रमणमा उत्रेको टिप्पणी प्रवक्ता शर्माले गरे । उनले प्रतिपक्षी दलप्रति सत्तापक्षका कार्यकर्ताबाट हुने दुर्व्यवहार तथा आक्रमणका घटनाले समग्र मुुलुकको राजनीतिप्रति नै नागरिकमा वितृष्णा फैलन सक्ने भन्दै घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरे ।

‘लामखुट्टे त मार्न सक्दैन यो सरकारले भने बाँकी कुरो के पो गर्न सक्ला ? त्यसकारण यो विषयमा सरकार गम्भीर बनोस्,’ प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रस पार्टीको कुनै पनि तह र तप्काका साथीहरुमाथि गर्ने दुर्व्यवहारहरु कांग्रेसमाथिको प्रहार मात्रै होइन । यसले समग्र राजनीतिमा वितृष्णा बढ्छ भन्ने कुरालाई सरकारले गम्भीरता पूर्वक सोचोस् ।’

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ को सीतापुरस्थित नेपाल रेडक्रसको सभाहलमा कांग्रेस राष्ट्रिय जागरण अभियानको दोश्रो चरणको कार्यक्रकम चलिरहेका बेला युवाहरुको समूह प्रवेश गरी आक्रमण गर्दा जिल्ला सभापति किरण कोइराला घाइते भएकी छन् । आक्रमणबाट उनको हात भाँच्चिएको र अन्य कार्यकर्ता पनि घाइते भएको कांग्रेसले जनाएको छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको