अराजक समूहको प्रतिवाद गर्न युवा–विद्यार्थीलाई प्रचण्डको निर्देशन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक समूहको प्रतिवाद गर्न युवा–विद्यार्थीलाई निर्देशन दिएका छन् ।

केही अराजक समूहले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध सुनियोजित रुपमा अफवाह फैलाउने काम गरेको भन्दै त्यसको प्रतिवाद गर्न पार्टीका युवा–विद्यार्थीलाई प्रचण्डले निर्देशन दिएका हुन् ।

तत्कालीन माओवादीका नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’ स्मृति दिवसको अवसरमा नेकपाको मुख्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले कलिलै अवस्थामा रहेको लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउन केही समूह लागिपरेको टिप्पणी गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कलिलै छ,’ प्रचण्डले भने, ‘कलिलोमै यसलाई मार्न सकिन्छ कि भनेर प्रतिक्रियावादीहरु लागिरहेका छन् । आजभोलि त्यो प्रयाश भइरहेको छ ।’ उनले यस्ता तत्वलाई पराजित गर्न युवा–विद्यार्थीलाई निर्देशन दिए । ‘परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट गर्नुपर्छ, संकल्प गर्नुपर्छ,’ प्रचण्डले भने, ‘केही अराजक तत्वहरु यो व्यवस्थाकैविरुद्ध लागिपरेका छन । जनतालाई भ्रममा पार्दै हत्केलाले सूर्य छेक्न खोज्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गर्न म युवा–विद्यार्थीलाई विशेष निर्देशन गर्न चाहान्छु ।’

पोष्टबहादुर बोगटीको योगदानको चर्चा गर्दै प्रचण्डले उनी निष्ठावान राजनीतिज्ञ भएको टिप्पणी गरे । ‘प्रेरणा लिनुपर्ने बहुआयामिक ब्यक्तित्वको धनी हुनुहुन्थ्यो बोगटी,’ प्रचण्डले भने, ‘श्रमजीवि बर्गको एउटा भरपर्दाे नेता हुनुहुन्थ्यो ।’

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको