अराजक समूहको प्रतिवाद गर्न युवा–विद्यार्थीलाई प्रचण्डको निर्देशन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक समूहको प्रतिवाद गर्न युवा–विद्यार्थीलाई निर्देशन दिएका छन् ।

केही अराजक समूहले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध सुनियोजित रुपमा अफवाह फैलाउने काम गरेको भन्दै त्यसको प्रतिवाद गर्न पार्टीका युवा–विद्यार्थीलाई प्रचण्डले निर्देशन दिएका हुन् ।

तत्कालीन माओवादीका नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’ स्मृति दिवसको अवसरमा नेकपाको मुख्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले कलिलै अवस्थामा रहेको लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउन केही समूह लागिपरेको टिप्पणी गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कलिलै छ,’ प्रचण्डले भने, ‘कलिलोमै यसलाई मार्न सकिन्छ कि भनेर प्रतिक्रियावादीहरु लागिरहेका छन् । आजभोलि त्यो प्रयाश भइरहेको छ ।’ उनले यस्ता तत्वलाई पराजित गर्न युवा–विद्यार्थीलाई निर्देशन दिए । ‘परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट गर्नुपर्छ, संकल्प गर्नुपर्छ,’ प्रचण्डले भने, ‘केही अराजक तत्वहरु यो व्यवस्थाकैविरुद्ध लागिपरेका छन । जनतालाई भ्रममा पार्दै हत्केलाले सूर्य छेक्न खोज्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गर्न म युवा–विद्यार्थीलाई विशेष निर्देशन गर्न चाहान्छु ।’

पोष्टबहादुर बोगटीको योगदानको चर्चा गर्दै प्रचण्डले उनी निष्ठावान राजनीतिज्ञ भएको टिप्पणी गरे । ‘प्रेरणा लिनुपर्ने बहुआयामिक ब्यक्तित्वको धनी हुनुहुन्थ्यो बोगटी,’ प्रचण्डले भने, ‘श्रमजीवि बर्गको एउटा भरपर्दाे नेता हुनुहुन्थ्यो ।’

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको