काठमाडौं – बडादशैंको अवसर पारेर गीतकार तथा संचारकर्मी कल्पना रेग्मीले मार्मिक दशैं गीत सार्वजनिक गरेकी छन् ।
रेग्मीको ‘झल्को सानुकै’ बोलको मार्मिक दशैं गीत सार्वजनिक गरेकी हुन् । गीतमा रामचन्द्र चन्द र वर्षा मगरले स्वर दिएका छन् भने संगीतकार रामचन्द्रले नै भरेका हुन् ।
यस गीतमा परदेश गएको श्रीमान र घरमा रहेकी श्रीमतीका गन्थन मन्थन र बिरहका कुराहरु गीतमा समेटिएको छ ।
मदन खड्काको निर्देशनमा बनेको भिडियोमा गीतकार रेग्मीसंगै , जिया पौडेल र संजय पोखरेलले अभिनय गरेका छन् ।