लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय किन शिक्षा र स्वास्थ्यबाट बन्चित छन् ?

काठमाडौ – ‘मितिनी नेपाल’ नामक संस्थाद्वारा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समिति सांसदहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यु.एन.डिपीको सहयोगमा होटल इन्द्रेणीमा मंगलबार आयोजना गरिएको हो।

कार्यक्रममा प्रतिनिधि सभा सांसदहरु, पत्रकार र लैंगिक तथा यौनिक अल्पसंख्यकलगायतको  उपस्थिति रहेको थियो।  लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्याहरु सांसद सामु भावुक हुँदै पस्केका थिए। उनीहरुले आफू लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले स्कुलबाट पढ्न बन्चित हुनु परेको अनि बिरामी हुँदा उपचारका लागि अस्पताल जाँदा अस्पतालका डाक्टरहरुले नराम्रो व्यवहार गर्ने गरेको गुनासो समेत व्यक्त गरेका थिए।

कार्यक्रममा उपस्थित नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) का सांसद हीतबहादुर तामाङले सरकार अहिले नीति निर्माणको तहमा रहेकाले लैंगिक तथा यौनिक अल्पसंख्यकले शिक्षा र स्वास्थ्यमा भोग्नु परेका  समस्याहरु समाधानका लागि सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । उनले यो विषयलाइ गम्भीरताको रुपमा लिएको र यसलाई संसदीय समितिमा कुरा उठाउने प्रतिबद्दता व्यक्त गरे।

त्यस्तै नेकपाका अर्का सांसद गजेन्द्र बहादुर महतले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुलाई समाजले हेर्ने नजर परिवर्तन गर्न जरुरी रहेको औल्याए

त्यस्तै नेपाली काङ्ग्रेसकी सांसद चित्रलेखा यादवले कानुनमा केहि न केहि कमजोरी रहेको र  त्यसलाई केन्द्र बिन्दुमा राखेर  शिक्षा र स्वास्थ्यको बारेमा संबिधानले दिएको  कुनै पनि सुविधा दिनबाट बन्चित हुन् नदिन आफु लागि पर्नेमा जोड दिइन् ।

त्यस्तै नेकपाकी सांसद सरीता न्यौपाने लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले विवाह गर्दा उमेरको पनि ख्याल गर्नु पर्ने बताइन् ।  उनले यी समुदायका केहि व्यक्तिहरु यौन व्यवसायमा लागेकाले उनीहरुलाई त्यस्तो व्यवसायबाट बाहिर ल्याउनु पर्ने कुरा पनि व्यक्त गरिन।

त्यस्तै अर्का सांसद खगराज अधिकारीले लैंगिक तथा यौनिक अल्पसंख्यक भएर जन्मनु तपाइको दोष हैन अब तपाइले के गर्ने कुन बाटो रोज्ने त्यो तपाईको दोष हो। सांसद अधिकारीले भने : “लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले अब पढाइबाट बन्चित हुनु पर्दैन तपाईको पढाईलाई अघि बढाउनुस कुनै पनि सहयोग गर्न आफु तयार छु।”

भिडियो 

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको