लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय किन शिक्षा र स्वास्थ्यबाट बन्चित छन् ?

काठमाडौ – ‘मितिनी नेपाल’ नामक संस्थाद्वारा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समिति सांसदहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यु.एन.डिपीको सहयोगमा होटल इन्द्रेणीमा मंगलबार आयोजना गरिएको हो।

कार्यक्रममा प्रतिनिधि सभा सांसदहरु, पत्रकार र लैंगिक तथा यौनिक अल्पसंख्यकलगायतको  उपस्थिति रहेको थियो।  लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्याहरु सांसद सामु भावुक हुँदै पस्केका थिए। उनीहरुले आफू लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले स्कुलबाट पढ्न बन्चित हुनु परेको अनि बिरामी हुँदा उपचारका लागि अस्पताल जाँदा अस्पतालका डाक्टरहरुले नराम्रो व्यवहार गर्ने गरेको गुनासो समेत व्यक्त गरेका थिए।

कार्यक्रममा उपस्थित नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) का सांसद हीतबहादुर तामाङले सरकार अहिले नीति निर्माणको तहमा रहेकाले लैंगिक तथा यौनिक अल्पसंख्यकले शिक्षा र स्वास्थ्यमा भोग्नु परेका  समस्याहरु समाधानका लागि सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । उनले यो विषयलाइ गम्भीरताको रुपमा लिएको र यसलाई संसदीय समितिमा कुरा उठाउने प्रतिबद्दता व्यक्त गरे।

त्यस्तै नेकपाका अर्का सांसद गजेन्द्र बहादुर महतले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुलाई समाजले हेर्ने नजर परिवर्तन गर्न जरुरी रहेको औल्याए

त्यस्तै नेपाली काङ्ग्रेसकी सांसद चित्रलेखा यादवले कानुनमा केहि न केहि कमजोरी रहेको र  त्यसलाई केन्द्र बिन्दुमा राखेर  शिक्षा र स्वास्थ्यको बारेमा संबिधानले दिएको  कुनै पनि सुविधा दिनबाट बन्चित हुन् नदिन आफु लागि पर्नेमा जोड दिइन् ।

त्यस्तै नेकपाकी सांसद सरीता न्यौपाने लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले विवाह गर्दा उमेरको पनि ख्याल गर्नु पर्ने बताइन् ।  उनले यी समुदायका केहि व्यक्तिहरु यौन व्यवसायमा लागेकाले उनीहरुलाई त्यस्तो व्यवसायबाट बाहिर ल्याउनु पर्ने कुरा पनि व्यक्त गरिन।

त्यस्तै अर्का सांसद खगराज अधिकारीले लैंगिक तथा यौनिक अल्पसंख्यक भएर जन्मनु तपाइको दोष हैन अब तपाइले के गर्ने कुन बाटो रोज्ने त्यो तपाईको दोष हो। सांसद अधिकारीले भने : “लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले अब पढाइबाट बन्चित हुनु पर्दैन तपाईको पढाईलाई अघि बढाउनुस कुनै पनि सहयोग गर्न आफु तयार छु।”

भिडियो 

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको