मन्थली – मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली माविलाई शैक्षिक हबकाे रुपमा विकास गर्नुुुुुुपर्ने बताउनु भएकाे छ ।

रामेछापकाे नमुना विद्यालय भएकाे , विभिन्न किसिमको सम्भावना रहेकाे, संघिय सरकार र प्रदेश सरकारकाे विचमा पर्ने हुदा मन्थली माविलाई शैक्षिक हब बनाउन सकिने बस्नेतले बताउनु भयाे । नगर भित्र रहेकाे विद्यालयमा शिक्षक दरबन्दी मिलानकाे काम भैरेकाे बताउनु भयाे । यसै गरि अावस्यकताकाे अाधारमा शिक्षक दरबन्दी मिलान गरेर समास्या समाधानकाे पहल गर्ने पनि जानकारी दिनुभयाे ।

विद्यालयकाे सामाजिक परिक्षणकाे अवसरमा साे विद्यालयमा लामाेसमय शिक्षण गर्ने शिक्षक, अबकास प्राप्त शिक्षकलाई दाेसल्ला तथा प्रमाण पत्रद्वारा सम्मान गरेकाे छ । त्यसै गरि शतप्रतिशत उतिर्ण गराउन सफल विषय शिक्षकलाई नगद ५ हजार सहित प्रमाणपत्रद्वारा सम्मान गरेकाे छ ।
o
कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतकाे पणरमुख अातितथ्यतामा भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here