मासुको मूल्य आफूखुसी नबढाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले मासु व्यवसायी तथा उद्योगीलाई चेतावनी दिएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले आफू खुसी मासुको मूल्य बढाए कानुनअनुसार कारबाही हुने बताए।

‘व्यापारीले मासुको अभाव भएकाले मूल्य बढेको बताएका छन्, बजारमा मासुको अभाव भएको होइन ब्यापारीले दशै लागेर बढाएका हुन्’ मन्त्री यादवले भने, ‘अनावश्यक मूल्य बढाउने व्यापारीहरु कारबाहीको भागेदार बन्नुपर्छ।’

यदी मासुकै अभाव भएको हो भने मन्त्रालयमा आएर छलफल गर्नुपर्ने उनले बताए।

यदी व्यापारीले मनोमानी ढंगले मूल्य कायमै राखेमा सरकार आफैले मासु बेच्ने उनले चेतावनी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here