दसैं मनाउन एक सातामा १० लाख बाहिरिए

काठमाडौं – दसैं मनाउन डेढ सातामा १० लाख सर्वसाधारण बाहिरिएका छन् । सरकारले दसैंमा २५ लाख बाहिरिने अनुमान गरेको छ । एक साता अवधिमा ६ लाख उपत्यका भित्रिएका छन् ।

नेपाल ट्राफिक प्रहरीका प्रवक्ता एसपी रवीकुमार पौडेलले एक सातामा काठमाडौं उपत्यकाबाट बाहिरिने मात्र नभएर भित्रिनेको संख्या पनि धेरै रहेको बताए ।

बुधबार २४ घण्टाको विवरणअनुसार १ लाख ५७ हजार बाहिरिएकोमा ६६ हजार भित्रिएका छन् ।

दसैंका लागि १ लाख ५८ हजारले अग्रिम टिकट बुकिङ गरेका छन् । प्रवक्ता पौडेलले दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रिने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने औंल्याए ।

उनका अनुसार अघिल्लाभन्दा यो वर्ष उपत्यकामा आएर दसैं मनाउनेको संख्या वृद्धि भइरहेको छ । सामान्यतयाः दैनिक ६० हजार उपत्यका भित्रिने र ६० हजार सर्वसाधारण बाहिरिने गरेका छन् ।

गत २६ असोजमा सरकार र यातायात व्यवसायीबीच ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो ।

दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । कतिपय ठाउँमा १६, १७ र १८ असोजका लागि टिकट नै नपाएको सर्वसाधारणले गुनासो गरेका छन् ।

आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको