किन आजै काठमाडौँ ओर्लिंदै छ सि जिनफिङ चढ्ने बोइङ ?

यसपाली दसैँको बीचमै उत्तरी छिमेकबाट महत्वपूर्ण पाहुना आउँदैछन्।

उनलाई विदा गरेपछि फेरि राष्ट्रपति विद्या भण्डारी लगालग दुई देशको भ्रमणमा निस्कने कुराको पनि टुंगो लागेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

चिनियाँ राष्ट्रपति सि जिनफिङ दसैँ समाप्तिको अघिल्लो दिन अर्थात असोज २५ गते नेपाल अवतरण हुने पक्का भएको छ।

दसैँ सकिने अर्थात् कोजाग्रत पूर्णिमाकै दिन काठमाडौँबाट लिल्ली या बेइजिङका लागि उनको बिदाइ हुनेछ।

सि अक्टोबर १२ तारिख, शनिबारको रात काठमाडौँमा रहनेछन्।

२५ गते सिसँगै बोइङ ७४७ को ८०० सिरिजका दुई जहाजमा २४ जनाको टोली काठमाडौँ ओर्लने छ।

सि सवार जहाज ओर्लिएको आधा घण्टापछि अर्को बोइङ काठमाडौँ एयरपोर्टमा ओर्लने तय भएको छ।

१० दिनपछि राष्ट्रपति बोकेर आउने एउटा जहाज डेमोट्रेसन उडानका लागि भने आजै काठमाडौँ ओर्लने छ।

सि आउनु दुई दिनअघि कार्गो फ्लाइट हुनेछ, बोइङ ७४७ को ४०० सिरिजको।

त्यसले ड्रोन, फ्रिक्वेन्सी जामर, चारवटा बुलेटप्रुफ गाडी र सुरक्षानिम्ति आवश्यक हातहतियार ल्याउने छ।

चिनियाँ जहाज पार्किङका लागि ६७८ र ७८९ पार्किङ वे छुट्याइएको छ।

ठूल्ठुला पखेटा हुने चीनका ती दुई जहाज राख्ने ठाउँमा नेपाल र बाहिरका चारवटा एयरबस र बोइङ अटाउँछन्।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको