काठमाडौं – बलात्कारको अभियोग जाहेरी परेपछि  सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत काठमाडौंले पक्राउको अनुमति दिएलगत्तै प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार अब केही समयपछि सभामुख निवासबाट महरालाई लगिने छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई बलात्कार प्रयास गरेको भन्दै शुक्रबार जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । आदेशसँगै महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

यसअघि प्रहरीले पीडित भनिएकी महिलाले जाहेरी नदिएकाले पक्राउ नगरेको बताउँदै आएको थियो ।

असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत  बोलेकी थिएन। तर, मंगलबार भने पुनः शाहीले महरा आफ्नो बाबु समान रहेको र आफुमाथि बलात्कारको प्रयास नआएको भन्दै बोलि परिर्वतन गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here