महरा परे बिरामी, अस्पताल जान मानेनन्

निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल जान नमानेको खुलेको छ । उनको स्वास्थ्यजाँचका लागि प्रहरी अस्पतालबाट प्रहरीको विशेष टोली अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेको थियो । चेकजाँचका क्रममा उनलाई उच्च रक्तचाप र स्वासप्रस्वाँसमा समस्या देखिएको बुझिएको छ ।

स्वास्थ्य समस्यालाई दृष्टिगत गरी परिवारले अस्पताल लान चाहेपनि महरा जान नचाहेको बुझिएको छ । उनले प्रहरी हिरासतको कोठामा रहने इच्छा देखाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

निकै चिन्तित देखिएका उनले अस्पतालमा भेट्न आउनेको भीड हुने भन्दै एकान्त चाहेको सुनाएका थिए । हिरासतमा उनलाई भेट्न आउनेमध्ये परिवारका सदस्य र अति निकटस्थलाई मात्र अनुमति दिइएको छ । महराले एकान्त रुचाएको बुझिएको छ ।

पहिलो पनि कम बोल्ने नेतामा पर्ने महरा हिरासतमा पनि मौन रहेको बुझिएको छ । उनलाई उपलब्ध गराइएको कोठामा सीसीटीभी निगरानी रहेको छ । उनी प्रायः पल्टिएर बसेको बुझिएको छ ।

१२ असोजको साँझ तीनकुनेस्थित रोशनी शाहीको कोठामा पुगेर जर्बजस्ती गरेको आरोप लागेका महराविरुद्ध शाहीले किटानी जाहेरी दिएपछि प्रहरीले १९ असोजमा सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिएको हो ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको