महरा परे बिरामी, अस्पताल जान मानेनन्

निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल जान नमानेको खुलेको छ । उनको स्वास्थ्यजाँचका लागि प्रहरी अस्पतालबाट प्रहरीको विशेष टोली अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेको थियो । चेकजाँचका क्रममा उनलाई उच्च रक्तचाप र स्वासप्रस्वाँसमा समस्या देखिएको बुझिएको छ ।

स्वास्थ्य समस्यालाई दृष्टिगत गरी परिवारले अस्पताल लान चाहेपनि महरा जान नचाहेको बुझिएको छ । उनले प्रहरी हिरासतको कोठामा रहने इच्छा देखाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

निकै चिन्तित देखिएका उनले अस्पतालमा भेट्न आउनेको भीड हुने भन्दै एकान्त चाहेको सुनाएका थिए । हिरासतमा उनलाई भेट्न आउनेमध्ये परिवारका सदस्य र अति निकटस्थलाई मात्र अनुमति दिइएको छ । महराले एकान्त रुचाएको बुझिएको छ ।

पहिलो पनि कम बोल्ने नेतामा पर्ने महरा हिरासतमा पनि मौन रहेको बुझिएको छ । उनलाई उपलब्ध गराइएको कोठामा सीसीटीभी निगरानी रहेको छ । उनी प्रायः पल्टिएर बसेको बुझिएको छ ।

१२ असोजको साँझ तीनकुनेस्थित रोशनी शाहीको कोठामा पुगेर जर्बजस्ती गरेको आरोप लागेका महराविरुद्ध शाहीले किटानी जाहेरी दिएपछि प्रहरीले १९ असोजमा सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिएको हो ।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको