काठमाडौं – असोज २० नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको जनाएको छ । बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ ।

तर दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । विजयादशमीको दिन देवी विसर्जनको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here