महरा प्रकरण सँसारभरको मिडियामा : देशकै बेइज्जत

काठमाडौं- महिलामाथि जर्बजस्ती गरेको अभियोग लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको र पक्राउ परेको दुवै घटनालाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ स्थान दिए । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता समेत रहेका महरा महिलासँग जोडिएको संवेदनशील विषयका अभियुक्त हुनुले अन्तर्राष्ट्रि मिडियाले कम्युनिष्ट पार्टीसँग जोडेर समाचार पस्किएका छन् ।
अल जजिराले महरालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्य भनेको छ । उसले लेखेको छ, ‘महरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्य र पूर्व माओवादी विद्रोही हुन् ।’

बीबीसीको अनलाइन संस्करणले महरा पक्राउ परेको समाचार प्रकाशित गर्यो । उसले महरालाई पूर्व माओवादी नेता भनेको छ । उनलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राजीनामाका लागि दबाब दिएको उल्लेख छ । उसले नेपालमा वरिष्ठ राजनीतिज्ञको यौन दुव्र्यवहारमा पक्राउ सायदै भएको समेत भनेको छ ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले महरा पक्राउ परेको विषय प्रकाशित गरेको छ । महरालाई कारबाही गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले शुरुमा मौनता साँधेको समेत उसले लेखेको छ ।

भारतीय टेलिभिजन एनडीटीभीले महरालाई नेपाल कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य भन्दै उनलाई पक्राउ गर्न सत्तारुढ दलमाथि दबाब बढेको उल्लेख गरेको छ । महरा पूर्व विद्रोही माओवादी नेता भएको भन्दै उनीमाथि गम्भीर अभियोग लागेपछि पक्राउ गरिएको समाचार एनडीटीभीले प्रशारण गरेको छ ।

एपीएफले पनि महरालाई नेपाल कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य भनेको छ । उसले उनलाई पूर्व माओवादी विद्रोही भएको र महिलालाई दुव्र्यवहार गरेपछि पक्राउ गरेको लेखेको छ । यही समाचार हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको छ ।

समाचार एजेन्सी पीटीआईले महरा यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेको लेखेको छ । उसले लेखेको छ, ‘यो नेपालको लोकतान्त्रिक इतिहासमा पहिलोपटक हाइप्रोफाइल नेता बलात्कारको घटनामा पक्राउ परेका छन् ।’ उसले महरालाई राजीनामा गराउन उनकै दल नेपाल कम्युनिष्ट पार्टीले बैठक बसी निर्णय समेत लिएको उल्लेख गरेको छ । यो समाचारलाई द हिन्दुलगायत भारतका संचारमाध्यमले समेत प्रकाशन गरेका छन् ।

१७ असोजमा संयुक्त राष्ट्रसंघसहित छ वटा पश्चिमा देशका नियोगहरुले संयुक्त विज्ञप्ति जारी गरी नेपालमा महिला हिंसाप्रति चासो व्यक्त गर्दै सरकारलाई यसविरुद्ध कदम चाल्न ध्यानाकर्षण गराएका थिए । महरा प्रकरणतर्फ संकेत गर्दै चासो व्यक्त गर्नुले यो घटनामा अन्तर्राष्ट्रिय समुदायको समेत चासो देखियो । सत्तारुढ दलभित्रका वरिष्ठ नेता महिला हिंसासँग जोडिएको घटनामा मुछिनुले अन्तर्राष्ट्रिय समुदायमा पार्टीको प्रतिष्ठामा आँच पुग्नेबारे समेत नेकपाभित्र छलफल भएको बुझिएको छ । महराले राजीनामा नदिदै नेकपाका केही प्रभावशाली नेताहरुले यसबारे चासो देखाएका थिए ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको