महरा प्रकरण सँसारभरको मिडियामा : देशकै बेइज्जत

काठमाडौं- महिलामाथि जर्बजस्ती गरेको अभियोग लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको र पक्राउ परेको दुवै घटनालाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ स्थान दिए । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता समेत रहेका महरा महिलासँग जोडिएको संवेदनशील विषयका अभियुक्त हुनुले अन्तर्राष्ट्रि मिडियाले कम्युनिष्ट पार्टीसँग जोडेर समाचार पस्किएका छन् ।
अल जजिराले महरालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्य भनेको छ । उसले लेखेको छ, ‘महरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्य र पूर्व माओवादी विद्रोही हुन् ।’

बीबीसीको अनलाइन संस्करणले महरा पक्राउ परेको समाचार प्रकाशित गर्यो । उसले महरालाई पूर्व माओवादी नेता भनेको छ । उनलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राजीनामाका लागि दबाब दिएको उल्लेख छ । उसले नेपालमा वरिष्ठ राजनीतिज्ञको यौन दुव्र्यवहारमा पक्राउ सायदै भएको समेत भनेको छ ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले महरा पक्राउ परेको विषय प्रकाशित गरेको छ । महरालाई कारबाही गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले शुरुमा मौनता साँधेको समेत उसले लेखेको छ ।

भारतीय टेलिभिजन एनडीटीभीले महरालाई नेपाल कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य भन्दै उनलाई पक्राउ गर्न सत्तारुढ दलमाथि दबाब बढेको उल्लेख गरेको छ । महरा पूर्व विद्रोही माओवादी नेता भएको भन्दै उनीमाथि गम्भीर अभियोग लागेपछि पक्राउ गरिएको समाचार एनडीटीभीले प्रशारण गरेको छ ।

एपीएफले पनि महरालाई नेपाल कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य भनेको छ । उसले उनलाई पूर्व माओवादी विद्रोही भएको र महिलालाई दुव्र्यवहार गरेपछि पक्राउ गरेको लेखेको छ । यही समाचार हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको छ ।

समाचार एजेन्सी पीटीआईले महरा यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेको लेखेको छ । उसले लेखेको छ, ‘यो नेपालको लोकतान्त्रिक इतिहासमा पहिलोपटक हाइप्रोफाइल नेता बलात्कारको घटनामा पक्राउ परेका छन् ।’ उसले महरालाई राजीनामा गराउन उनकै दल नेपाल कम्युनिष्ट पार्टीले बैठक बसी निर्णय समेत लिएको उल्लेख गरेको छ । यो समाचारलाई द हिन्दुलगायत भारतका संचारमाध्यमले समेत प्रकाशन गरेका छन् ।

१७ असोजमा संयुक्त राष्ट्रसंघसहित छ वटा पश्चिमा देशका नियोगहरुले संयुक्त विज्ञप्ति जारी गरी नेपालमा महिला हिंसाप्रति चासो व्यक्त गर्दै सरकारलाई यसविरुद्ध कदम चाल्न ध्यानाकर्षण गराएका थिए । महरा प्रकरणतर्फ संकेत गर्दै चासो व्यक्त गर्नुले यो घटनामा अन्तर्राष्ट्रिय समुदायको समेत चासो देखियो । सत्तारुढ दलभित्रका वरिष्ठ नेता महिला हिंसासँग जोडिएको घटनामा मुछिनुले अन्तर्राष्ट्रिय समुदायमा पार्टीको प्रतिष्ठामा आँच पुग्नेबारे समेत नेकपाभित्र छलफल भएको बुझिएको छ । महराले राजीनामा नदिदै नेकपाका केही प्रभावशाली नेताहरुले यसबारे चासो देखाएका थिए ।

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको