सिन्धुपाल्चोकमा बस दुर्घटना : चालकसहित ११ जनाको मृत्यु, ३० बढी घाइते

सिन्धुपाल्चोक – दशैं मनाएर खचाखच यात्रु लिएर काठमाडौं जाँदै गरेको बस दुर्घटना हुदा हालसम्म चालकसहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ भोटसिपा तिखु मोडमा शुक्रबार बिहान साढे नौ बजे बस दुर्घटना भएको थियो ।

इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस बिहान साढे ९ बजे दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । दुर्घटनामा ६ जनाको घटनास्थलमा नै र ५ जनाको स्थानीय स्वास्थय संस्थामा उपचारको लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हेलम्बु यातयात समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । त्यस्तै कम्तीमा तिन जना बस भित्रै च्यापिएर रहेको अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । च्यापिएर रहेकाहरुलाई निकाल्नका लागि स्काभेटर लगिएको छ ।

कच्ची सडकको तिखु मोडबाट बस करिब २ सय मिटर तल पुगेको इन्द्रावती ८ का वडा अध्यक्ष मने माझीले जानकरी दिए । दुर्घटनामा मृत्यु हुनेमा चालकसहित अन्य एक जनाको मात्रै सनाखत भएको छ । सनाखत भएका मध्ये सिपाटारका विनोद लम्साल रहेका छन् । त्यस्तै बनेपा निबासी चालक केदार माझुको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा ३० बढी घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि लगिएको स्थानीय एवम नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रुहरु बसमा रहेको नेपालले जानकारी दिए । हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रुबढी भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको