सिन्धुपाल्चोकमा बस दुर्घटना : चालकसहित ११ जनाको मृत्यु, ३० बढी घाइते

सिन्धुपाल्चोक – दशैं मनाएर खचाखच यात्रु लिएर काठमाडौं जाँदै गरेको बस दुर्घटना हुदा हालसम्म चालकसहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ भोटसिपा तिखु मोडमा शुक्रबार बिहान साढे नौ बजे बस दुर्घटना भएको थियो ।

इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस बिहान साढे ९ बजे दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । दुर्घटनामा ६ जनाको घटनास्थलमा नै र ५ जनाको स्थानीय स्वास्थय संस्थामा उपचारको लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हेलम्बु यातयात समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । त्यस्तै कम्तीमा तिन जना बस भित्रै च्यापिएर रहेको अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । च्यापिएर रहेकाहरुलाई निकाल्नका लागि स्काभेटर लगिएको छ ।

कच्ची सडकको तिखु मोडबाट बस करिब २ सय मिटर तल पुगेको इन्द्रावती ८ का वडा अध्यक्ष मने माझीले जानकरी दिए । दुर्घटनामा मृत्यु हुनेमा चालकसहित अन्य एक जनाको मात्रै सनाखत भएको छ । सनाखत भएका मध्ये सिपाटारका विनोद लम्साल रहेका छन् । त्यस्तै बनेपा निबासी चालक केदार माझुको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा ३० बढी घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि लगिएको स्थानीय एवम नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रुहरु बसमा रहेको नेपालले जानकारी दिए । हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रुबढी भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको