आफ्नै वार्ता टोलीमाथि पनि शंका गर्न थाले माधव नेपाल, लगाए यस्ता आरोप

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले वार्ता टोलीमा आफ्नो समूहबाट प्रतिनिधित्व गर्ने नेताहरुको भूमिकामाथि समेत शंका गर्न थालेका छन् । माधव नेपाल समूहबाट प्रतिनिधित्व गर्ने तर समूहमाथि नै घात गर्ने नेता किन चाहियो भन्ने प्रश्न आज अपराह्न नेपाल निवासमा आफु निकटका नेताहरूसंग छलफलको क्रममा उठाएका हुन् ।

‘माधव नेपाल स्वयंलाई घात गर्ने वार्ता टोलीको सदस्य किन चाहियो ? वार्ता टोलीका सदस्य सार्वभौम होइनन्, उनीहरुले माधव नेपालको समूहलाई प्रतिनिधित्व गरेका हुन्, जब हाम्रो टिम नै वार्ताको टोलीको विपक्षमा उभिन्छ भने त्यो किन चाहियो ?’ बैठकमा सहभागीहरुले नेपाल समक्ष प्रश्न गरेका छन् ।

वार्ता टोलीले गर्ने जस्तासुकै सम्झौता स्वीकार गर्न सांसद र केन्द्रीय सदस्यहरु तयार नरहेको सांसद तथा केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए । सहअस्तित्व र समानताका आधारमा एकता हुनुपर्ने भन्दै उनीहरुले कार्यदलबाट त्यो सम्भव नरहेको समेत बताएका छन् ।

बैठकका सहभागीहरुले भीम रावल र सुरेन्द्र पाण्डेको भूमिकाप्रति अशन्तुष्ट प्रकट गर्दै उनीहरुले समूहको भावनाविपरित उल्टोपाल्टो सम्झौता गर्न खोजेको आरोप लगाएका थिए । केही नेता सम्झौता गरेर गए पनि देशभरका कार्यकर्ताले माधव नेपाललाई नै साथ दिने भन्दै खुट्टा नकमाउन आग्रह गरिएका बैठकका सहभागीले बताए ।

आइतबार अपराह्न बसेको आफू निकटका नेताहरुसँगको छलफलमा नेता नेपालले अदालतको आदेश प्रभावित हुने गरी कुनै सहमति नगर्ने समेत अडान दोहोर्याएका छन् । कार्यदलको बैठकले ९ बुँदे सहमतिको प्रस्ताव तयार गरे पनि नेपालको अडानले सहमति हुन सकेको छैन । प्रस्तावित बूँदाको भाषामा नेता नेपालले असहमति जनाएका छन् ।

नेपाल पक्षको छलफलमा कार्यदल सदस्य घनश्याम भुसाल पनि कार्यदल बैठक छोडेर आएका थिए ।

नेपालले पावर शेयरिङमा सहमति नभएसम्म ओलीलाई विश्वास गर्न नसकिने आफू निकट नेताहरुलाई बताएर पठाए । त्यसपछि वार्तामा ट्वीस्ट आएको नेताहरुले बताएका छन् । विशेषगरि माधव पक्षधर वार्ता टोली सदस्य घनश्याम भुसाल र रघुजी पन्तले अडान लिएपछि सहमतिमा हस्ताक्षर हुन नसकेको उनीहरूको भनाइ छ ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको