सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको स्वागतमा आइतबार सार्वजनिक बिदा दिन गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि सार्वजनिक बिदा दिइएको थियो ।
चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणमा नेपाल आउँदैछन् ।