काठमाडौं – नेपाल प्रहरीले आज आफ्नो ६४ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा कर्तव्यपालनाको क्रममा ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल लगायत उच्च पदस्थ व्यक्तिको उपस्तिथि रहेको थियो। कार्यक्रममा पूर्वएआइजी यादव अधिकारीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरियो। यस्तै यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ।
सोही समारोहमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र्र खनालले यही वर्षदेखि सहिद प्रहरीका परिवारका एक छोरीको विवाह खर्चवापत् ३० हजार उपलब्ध गराउने र अशक्त परिवारको एकजना बच्चालाई ६ देखि १२ कक्षासम्म निःशुल्क पठनपाठन गराउने जानकारी गराए ।
दिवसका अवसरमै अमर प्रहरीका परिवारलाई आर्थिक सहयोग तथा कदरपत्र प्रदान गरिएको थियो ।